रसुवा नापी कार्यालयले जग्गा जमिनको कित्ताकाट सम्वन्धी काम छिटोछरितो रूपमा गरेको दावी गरेका छन् ।
नापी कार्यालयका प्रमुख ध्रुव पौडेलका अनुसार गत आर्थिक वर्षमा जिल्लामा खरिद विक्री भएका जग्गा जमिनमध्ये ३२१ कित्ताकाट भएका छन् । यस कार्यालयबाट बैकिङ कारोवार र व्यक्तिगत प्रयोजनका लागि ३ हजार ३ सय ४२ ट्रेस नक्सा भएको ठाउँमा स्थलगत गई ४५ कित्ता रेखाङकन गरिएको बताए ।
यस्तै मालपोत कार्यालयले पनि गत आर्थिक वर्ष २०७५÷०७६ मा जग्गा जमिन खरिदको ८७०, अंशवण्डा ७१, शेषपछि खान पाउने २२, हालैको बकसपत्र ९३, दर्ता फारि ८ पतिपत्नीबिचको संगोलमा २६ गरी १ हजार १४१ लिखित पारित गरेको मालपोत अधिकृत गणेश श्रेष्ठले जानकारी दिए ।
मरूवा नामसारी ९६ जग्गा धनी प्रमाणपुर्जा, नमिलेका पुर्जा नमिलेका ठेगाना संशोधन र जग्गाको दाखेला खारेजबटाको कार्य सम्पादन गरिसकिएको समेत बताए ।