जेद्दा-काठमाडौं छैठौं चार्टरउडान हुने, सातौं र आठौंको तालिका सार्वजनिक

नवराज तामाङ
नवराज तामाङ संवाददाता
जेद्दा, साउदी अरेबिया
फोटो : फाइल

साउदी अरेबियाको पुरानो राजधानी जेद्दाबाट नेपालका लागि छैठौं चार्टरउडान हुने भएको छ । उडान नेपाल एयरलाइन्सले भर्न लागेको हो ।

गत अगष्ट २३ मा हुने भनिएको उडान सेप्टेम्बर ५ तारीख राती हुन लागेको महावाणिज्यदूत भुवन पौडेलले जानकारी दिए । उनका अनुसार यसअघि नेपाल सरकारले क्वारेन्टाइन तथा कोरोना चेकजाँचलाई व्यवस्थित गर्न स्थगित गरेको थियो ।

त्यसैगरी महावाणिज्य दूतावासले सूचना जारी गरेर सातौं र आठौं चार्टरउडानको मिति समेत सार्वजनिक गरेको छ । दूतावासका अनुसार सातौं चार्टरउडान ११ सेप्टेम्बर राती र आठौं उडान २७ सेप्टेम्बर राती हुन लागेको हो । यात्रुहरूलाई उडान हुनुभन्दा चार घन्टा अगाडि विमानस्थल पुग्न पनि दूतावासले आग्रह गरे ।

नेपाल सरकारको मापदण्डअनुसार महावाणिज्य दूतावासले जेद्दाको कार्यक्षेत्रभित्र कार्यरत कोरोनाका अलपत्र परेका नेपालीहरुलाई उडानमा प्राथमिकता दिन लागेको बाणिज्यदुत पौडेलले बताए । उनका अनुसार छैठौं उडानका लागि टिकटको मुल्य भुक्तान गरिसकेका यात्रुहरुले पीसिआर परीक्षण संभव नभएकाले सम्बन्धित ट्राभल एजेन्सीलाई सम्पर्क गरी होटल व्यवस्थापन गर्नु पर्नेछन् ।


महावाणिज्य दूतावास जेद्दाको क्षेत्रअधिकार भित्र मक्का, मदिना, जिजान, यान्बु, आभा लगायत गरी सातवटा प्रदेशहरु पर्छ ।

नेपाल सरकारले पीसिआर संभव नभएका देशहरूबाट नेपाल फर्केकाले यात्रुहरूले ७ दिन क्वारेन्टाइन अनिवार्य बस्नुपर्ने मापदण्ड तयार पारेको थियो ।

नेपाली कन्सुलेट जनरल, जेद्दाको सूचनाकोभिड-१९ को विश्वव्यापी संक्रमणको अवस्थामा उत्पन्न असहज परिस्थितिका कारण विदेशमा…

Gepostet von Consulate General of Nepal, Jeddah, Saudi Arab am Donnerstag, 27. August 2020

 

तपाईको प्रतिक्रिया

पत्रपत्रिका