प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पुँजीगततर्फबाट धनकुटा नगरपालीका– १ हिलेले जनएकता कृषि सहकारी संस्थालाई ३५ सय मिटर पाइप सिचाईको प्रदान गरेको छ । शनिबार एक कार्यक्रमकाबीच बोक्रेबरबोटे टोलमा ८५ प्रतिशत अनुदानमा उक्त सहकारीलाई प्रदान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि वडा नं. १ का वडाअध्यक्ष निरन तामाङले पाइप प्रदान गर्दै सिचाईको समस्या समाधानार्थ प्रदान गरिएको हुँदा दुरुपयोग नहुने गरी प्रयोग गर्न अनुरोध गरे । उनले आगामी बजेटहरुमा पनि कृषकलाई कृषिमा निर्भर बनाउने वडाबाट सक्ने सहयोग गरिदिने प्रतिवद्व वडाध्यक्ष तामाङले गरे ।
सहकारीका कृषकहरुले अर्गानिक बेमौसमी तरकारी साग, आलु, मुला, बन्दा जस्ता तरकारी उत्पादन गर्दै आइरहेका छन् । पानीको मुहान टाढा हुँदा र पानी समयमा नपर्दा बालीनाली उत्पादनमा समस्या थिए, यो पाइपले सिंचाइ गर्न सहयोग पुगेको सहकारीका अध्यक्ष पूर्णबहादुर तामाङले बताए ।