नयाँबस्ती युवा क्लबको आयोजनामा ६६ पिण्ट रगत सङ्कलन

सैलुङअनलाइन संवाददाता
काठमाडाैं

देशभरि रगतको आपूर्तिमा कमी भइरहेको अवस्थामा आज ६६ जनाले रक्तदान गरेका छन् । मानवअधिकार तथा शान्ति समाज, नयाँबस्ती युवा क्लब र गोकर्णेश्वर स्वयंसेवी परिचालन समितिले काठमाडौंमा आयोजना गरेको रक्तदान कार्यक्रम बिहान ८ बजेदेखि शुरु भएको थियो ।

कोभिड-१९ का कारण भौतिक दूरी कायम गरेर आवश्यक सजगताका साथ रक्तदानको व्यवस्था मिलाइएको थियो । शान्ति समाजका केन्द्रीय सभापति उत्तम पुडासैनीले भने, ‘देशैभरि रगत अभाव भइरहेका अवस्थामा इच्छुक व्यक्तिबाट रगत सङ्कलन गरिएको हो ।’

संस्थाका सदस्यहरु र स्वेच्छिक रक्तदाताहरुले कार्यक्रममा रक्तदान गरेका थिए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका