साउदीमा दैनिक मृत्युदर घट्यो, एक हजार कोरोना बिरामी निको

बुधबार कोरोना नयाँ संक्रमित ८१६ जना

नवराज तामाङ
नवराज तामाङ संवाददाता
साउदी अरेबिया

साउदी अरेबियामा बुधबार कोरोना भाइरस (कोभिड-१९) उपचारपछि निको हुनेको संख्या पुनः बढेको छ । यसअघि मंगलबार कोरोना भाइरस नयाँ संक्रमित बढेको थियो ।

यहाँ बुधबार कोरोना भाइरस उपचार गरिरहेका ९९६ जना संक्रमित निको भएर घर फर्किएको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.मोहम्मद अल अब्दुलीले जानकारी दिए । उनका अनुसार अहिलेसम्म साउदीमा कुल दुई लाख ९२ हजार ५१० जना कोरोना बिरामी उपचारपछि घर फर्किसकेका छन् ।

त्यसैगरी अहिलेसम्म साउदीमा कुल कोरोना संक्रमित हुनेको संख्या तीन लाख १७ हजार ४८६ पुगेको प्रवक्ता डा.अब्दुलीले जानकारी दिए । उनका अनुसार आज ८१६ जना कोरोना भाइरस नयाँ संक्रमित थपिएका हुन् । ‘ संक्रमितमध्ये २१ हजार २० जना यहाँका विभिन्न अस्पतालहरुमा उपचारर भइरहेको छ ‘ प्रवक्ताले भने । उपचाररतमध्येमा पनि १ हजार ५२३ जना बिरामीहरुको अवस्था गम्भीर रहेकाले उनीहरूलाई बिशेष ध्यान दिइरहेको प्रवक्ता डा.अब्दुलीले बताए ।

त्यसैगरी पछिल्ला दिन यहाँ नयाँ संक्रमितसँगै मृत्यु हुनेको संख्यामा पनि कमि आउन थालेका छन् । यसै क्रममा बुधबार कोरोना भाइरसको उपचार गरिरहेका २७ जनाले ज्यान गुमाएको प्रवक्ताले जानकारी दिए । उनका अनुसार अहिलेसम्म साउदीमा कोरोनाबाट ३ हजार ९५६ जनाको मृत्यु भैसकेका छन् ।


यहाँ कोरोनाको संकेत देखिएमा स्वास्थ मन्त्रालयको टोल फ्री नम्बर ९३७ मा फोन गर्नसक्ने प्रवक्ता डा. अब्दुलालीले बताए । ‘ We are all responsible ’ भन्ने नारालाई आत्मसात गरी कोभीड-१९ रोकथामका लागि सरकारले गरेका प्रयासलाई सबैले सहयोग गर्न प्रवक्ता डा.अब्दुलालीले आग्रह गरे ।

आजको अपडेट अनुसार कोरोना भाइरस निको हुनेभन्दा नयाँ थपिनेको संख्या १८० जना बढी रहेको पत्रकार सम्मेलनमा प्रवक्ता डा.अब्दुललीले जानकारी दिए ।

साउदी अरेबियामा झन्डै तीन लाख २५ हजारको हाराहारीमा नेपालीहरु कार्यरत रहेको नेपाली दूतावासको अनुमान छ । दूतावासका अनुसार दैनिक कोरोना संक्रमित निको र नयाँ थप्ने हुँदा नेपालीहरु यतिनै संख्यामा कोरोना भाइरस पोजिटिभ भएको भन्न नसक्ने अवस्था छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच दर्जन नजिक रहेको दूतावासले जनाए ।

तपाईको प्रतिक्रिया