सिन्धुपाल्चोक अत्तरपुरमा घरघरमा धारा

रिजन श्रेष्ठ संवाददाता
सिन्धुपाल्चोक

सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका-४ अत्तरपुरमा खानेपानी आयोजना शिलान्यास गरेको छ । शिलान्यास बुधबार एक कार्यक्रमकाबीच पालिकाका अध्यक्ष कमल नेपालद्वारा गरेको हो ।

उक्त खानेपानी आयोजना करिब २ करोड लागतमा बन्नेछन् । आयोजनाको शिलान्यास गर्दै अध्यक्ष नेपालले खानेपानी आयोजनाका ठेकेदार कम्पनीलाई समयमा नै काम सक्न निर्देशन दिए । उनले प्राविधिक अनुमानित लागत अनुसार काम गर्न समेत अनुरोध गरे ।

कार्यक्रममा पालिका अध्यक्ष नेपालले खानेपानी योजना पार्नको लागि पहल गर्ने बाग्मती प्रदेशका उद्योग पर्यटन बन तथा वातावरण मन्त्री अरुण नेपाललाई धन्यवाद व्यक्त दिए । उनले उक्त आयोजनाका काम गर्नका लागि प्रतिस्पर्धाबाट छनोट भई आएका अनिल मल्टी ठेकेदार कम्पनीलाई समेत धन्यवाद दिए ।

गाउँपालिकाको ‘एक घर एक धारा नारा’ चाँडै नै पुरा हुने पनि कार्यक्रममा पालिका अध्यक्ष नेपालले उद्घोष गरे ।


त्यसैगरी कार्यक्रममा अनिल मल्टी कम्पनी प्रा.लि. का ठेकेदार प्रतिनिधी दिपेश तामाङले योजनाको काम समय अगावै सक्ने बताए । उनका अनुसार स्थानीयलाई तोकिएको मापदण्ड गुणस्तरमा चेकजाँच गरि जिम्मा लगाउने बताए ।

खानेपानी आयोजनाबाट करिव लिसंखुपाखर-४ का तीन सय घरधुरी लाभान्वित हुनेछन् । कार्यक्रममा पालिकाको उपाध्यक्ष हेमगंगा मोक्तान, वडाध्यक्ष कुमार लामा, वडा सदस्य भक्तलाल शाक्य पालिकाको कर्मचारी, प्राविधिक लगाएतको उपस्थिती थियो ।

तपाईको प्रतिक्रिया