गोसाइकुण्ड गाउँपालिका– २ टिमुरेको तातोपानी क्षेत्रमा पहिरोले टाटासुमो पुँरिदा २ जनाको मृत्यु भएको छ भने सात जना घाईते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरिक्षक ईश्वरीप्रसाद भण्डारीका अनुसार ना२ज ७८२४ नम्बरको टाटासुमो पुरिएको हो । पछाडिको भाग पुरै पहिरोले पुँरिदा दुई जनाको घटना स्थलमा नै ज्यान गएको हो भने ७ जना घाइते भएको हो । जसमा १ जना गम्भीर घाईते भएको र चालक सकुशल रहेका छन् ।
घाईतेहरूलाई टिमुरे स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । उक्त टाटासुमो रसुवागढीबाट शनिवार करिव पाँच बजेतिर काठमाडौं जाँदै गरेको थियो । उक्त गाडीमा सवार नेपालीहरू १० जना रहेका थिए । घाईतेहरूलाई जिल्ला अस्पताल धुन्चे पुर्याउदै गरेको प्रहरीले जानकारी दिए ।
जीप पछाडिको भाग पुरै क्षति भएको छ । अहिल बाटो अबरूद्ध भएकोले खुलाउने काम भइरहेको छ ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1