स्याङ्जा सहयोग समाज साउदीले चौथो वार्षिकोत्सब मनाएको छ । वार्षिकोत्सब २६ जुलाई शुक्रबार दम्मामस्थित होलीडेज रेष्टुरेन्टमा मनाइएको हो । सहयोग समाजले वार्षिकोत्सबका क्रममा साउदीका लागि नेपाली दूतावासका नवनियुक्त नियोग उपप्रमुख र उनका परिवारलाई स्वागत गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि नियोग उपप्रमुख दिलिप कुमार पौडेलले स्याङ्जा समाजले वार्षिकोत्सबको अवसर पारेर साउदीमा स्वागत गरेकोमा धन्यवाद दिए । अप्ठ्यारा तथा सजिला बाटाहरुमा दूतावास र संघसंस्था सँगसँगै हिडेर विभिन्न कारण पीडित हुन पुगेकाहरुको उद्धार गर्नुपर्ने उपप्रमुख पौडेलले बताए । उनले थपे- स्याङ्जा समाजले गर्ने कार्यहरूलाई व्यक्तिगत र नियोग सहकार्यका लागि तयार छौं ।
समारोहमा उपप्रमुख पौडेलले बैदेशिक रोजगारका लागि साउदी आउने महिलाहरुका सुरक्षार्थ दूतावासले नयाँ नीति ल्याउन लागेको बताए । पौडेल थप्छन्, साउदीमा महिलाहरुको अवस्था नाजुक पाएको छ । दैनिक जसो दूतावासको सेल्टरमा २/३ जना महिला टुट्दैन उनले भने,। उपप्रमुख पौडेलका अनुसार साउदीमा महिलाहरू घरेलु कामदार ल्याउन हुदैन भन्नेमा दूतावास सकारात्मक रहेको छ । र श्रमिकहरुको समस्या न्यूनीकरण तर्फ सजक रहेका छन् ।
कार्यक्रममा एनआरएन आइसीसी सदस्य धरम केसीले शुभकामना मन्तव्यका क्रममा आफू आँधीखोले माइलाको नाति भएको बताउदै स्याङ्जालीहरुको प्रसंशा गरे । उनले थपे-” स्याङ्जालीहरू विश्वको कुनकुनमा अग्रपंतिमा रहेको छ । गलत प्रवृत्तिमा फसेका स्याङ्जालीहरुलाई सहयोग समाजले अभियान चलाई सत्कर्मको बाटोमा ल्याउन भूमिका खेल्नुपर्छ केसीले भने, ।
समाजकी प्रमुख सल्लाहकार यास्मिन बेगम सैयदले स्वागत मन्तव्यको क्रममा दूतावासलाई आवश्यक जस्तो सुकै सहयोग गर्न तत्पर रहको बताइन। उनले साउदीमा रहेका नेपालीहरुलाई अनुशासित र एक अर्कामा सम्मान गरेर रहेने प्रवृत्तिको जगेर्ना गर्न उत्प्रेरित समेत गरिन् ।
स्याङ्जा सहयोग समाजका संरक्षक राजु सैयद, संस्थापक अध्यक्ष मोहन बिएसके, संस्थापक संयोजक सचिव भोला पौडेल, एनआरएनए आइसिसि सदस्य जोन अर्याल, एनआरएन साउदीका अध्यक्ष नारायण पासवान, अन्तर संस्था समन्वय समितिका अध्यक्ष कृष्ण पुरी, तमु धिंका अध्यक्ष खेम तमु, नेवा साउदीका अध्यक्ष श्रीकृष्ण श्रेष्ठ, काभ्रे सेवा समाजका अध्यक्ष जेन कुमार लामा,किराँत राई यायोक्खा साउदीका अध्यक्ष सिके राई, मगर संघका संरक्षक बम बहादुर थापा मगर, नेपाल तामाङ घेदुङ पूर्वी क्षेत्रका अध्यक्ष विजय लामा,साझा मञ्चका संयोजक विष्णु घिमिरे, दिदीबहिनी समूहकी अध्यक्ष तुलसी गुरुङ, व्यवसायी कुबेर हुमागाँई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
वार्षिकोत्सबमा दिदीबहिनी समूह साउदीकी अध्यक्ष तुलसी गुरुङले नियोग उपप्रमुख मार्फत परराष्ट्रमन्त्रीलाई ज्ञापानपत्र बुझाएकी थिइन् ।
कार्यक्रमा स्थानीय कलाकारहरू प्रेम डिसी, फणिन्द्र कार्की, इस्लाम मिया, राज तामाङ, लक्ष्मी तामाङ, टीका केसी, दिक्षा थापा, दिव्य थापा, मुना तामाङ, पुतली तामाङ, आईषा अर्याल, कृतिका हुमागाई, तपस्या अधिकारी, जियान सैयद, भरत शाही लगायतले बेजोड प्रस्तुति दिए ।
समाजका अध्यक्ष बालकृष्ण पंगेनी सभापतिरहेको कार्यक्रम महासचिव टीका केसी र रोशन एन श्रेष्ठले सञ्चालन गरेका थिए ।