नदीमा दाउरा छोप्न गएकामध्ये एकको शव फेला

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
0 Shares
राजापुर
तस्विर : सांकेतिक

बर्दियाको कर्णाली नदीमा दाउरा टिप्न जाँदा बेपत्ता भएकामध्ये एक जनाको शव फेला परेको छ ।

गेरूवा गाउँपालिका –४ स्थित कर्णाली नदीमा बिहीबार दाउरा टिप्न गएका एक महिला र दुईमध्ये १४ वर्षीय भरत कडायतको शव आज गेरुवा गाउँपालिकाको मनाउघाटमा फेला परेकोे इलाका प्रहरी कार्यालय पाताभारका प्रहरी निरीक्षक नवराज केसीले बताए ।

चालीस वर्षीय बलबहादुर रोकाय र १४ वर्षीया पवी रोकाय भने अझै बेपत्ता रहेको र खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका