साउदीमा ११ सय कोरोना बिरामी उपचारपछि निको

साउदीमा आज ८२२ संक्रमित थपियो

नवराज तामाङ
नवराज तामाङ संवाददाता
साउदी अरेबिया

साउदी अरेबियामा कोरोना भाइरस (कोभिड-१९) उपचारपछि निको हुनेको संख्या शुक्रबार पनि बढ्नेक्रम जारी छ । यसै क्रममा यहाँ आज १ हजार ९९ जना उपचारपछि निको भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.मोहम्मद अल अब्दुलीले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रवक्ता डा.अब्दुलीका अनुसार अहिलेसम्म साउदीमा कुल दुई लाख ९५ हजार ६३ जना कोरोना बिरामी उपचारपछि घर फर्किसकेका छन् । गत मार्चबाट शुरु भएका कोरोना कहर पछिल्ला दिन उपचारपछि निको हुनेको संख्या बढ्नेक्रम जारी छ ।

त्यसैगरी शुक्रबार कोरोना नयाँ संक्रमित ८२२ जना थपिएको प्रवक्ता डा.अब्दुलीले बताए । उनका अनुसार अहिलेसम्म साउदीमा कुल कोरोना संक्रमित हुनेको संख्या तीन लाख १९ हजार १४१ पुगेका छन् ।

संक्रमितमध्ये २० हजार ६३ जना यहाँका विभिन्न अस्पतालहरुमा उपचारर भइरहेको प्रवक्ताले जानकारी दिए । तीमध्ये १ हजार ४८४ जना बिरामीहरुको गम्भीर अवस्था रहेको प्रवक्ता डा.अब्दुलीको भनाइ छ ।


यहाँ शुक्रबार कोरोना भाइरसको उपचार गरिरहेका ३३ जनाले ज्यान गुमाएको प्रवक्ता अब्दुलीले जानकारी दिए । उनका अनुसार अहिलेसम्म साउदीमा कोरोनाबाट ४ हजार १५ जनाको मृत्यु भैसकेका छन् ।

यहाँ कोरोनाको संकेत देखिएमा स्वास्थ मन्त्रालयको टोल फ्री नम्बर ९३७ मा फोन गर्नसक्ने प्रवक्ता डा. अब्दुलालीले बताए । ‘ We are all responsible ’ भन्ने नारालाई आत्मसात गरी कोभीड-१९ रोकथामका लागि सरकारले गरेका प्रयासलाई सबैले सहयोग गर्न प्रवक्ता डा.अब्दुलालीले आग्रह गरे ।

आजको अपडेट अनुसार कोरोना भाइरस निको हुनेभन्दा नयाँ थपिनेको संख्या २७७ जना बढी रहेको पत्रकार सम्मेलनमा प्रवक्ता डा.अब्दुललीले जानकारी दिए ।

साउदी अरेबियामा झन्डै तीन लाख २५ हजारको हाराहारीमा नेपालीहरु कार्यरत रहेको नेपाली दूतावासको अनुमान छ । दूतावासका अनुसार दैनिक कोरोना संक्रमित निको र नयाँ थप्ने हुँदा नेपालीहरु यतिनै संख्यामा कोरोना भाइरस पोजिटिभ भएको भन्न नसक्ने अवस्था छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच दर्जन नजिक रहेको दूतावासले जनाए ।

तपाईको प्रतिक्रिया