निजगढद्वारा व्यवसाय संचालनका लागि छुट्टै कार्यविधि

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
निजगढ

निजगढ नगरपालिका क्षेत्रमा व्यवसाय संचालन गर्नका लागि नगरपालिकाले कार्यविधि बनाएर संचालानका लागि निर्देशन गर्ने भएको छ ।

कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्न जिल्ला प्रशाशन कार्यालय बाराले जारि गरेको निषेधाज्ञा खुकिलो भएसंगै नगरपालिकाले सो निर्णय गरेका हुन् ।

कोरोना भाईरस विपद न्यूनीकरण समन्वय तथा अनुगमन समिति निजगढको बिहिबार सम्पन्न बैठकले नगरपालिकाले निर्माण गरेको कार्यविधि अनुसार व्यापार व्यवसाय संचालन गर्न दिइने निर्णय गरेको हो ।

बैठकले व्यापार व्यवसाय संचालनको क्रममा कोरोना भाईरस जोखिम न्यूनीकरण गर्नका लागि तोकिएको मापदण्ड र नगरपालिकाले निर्माण गरेको कार्यविधि अनुरुप व्यवसाय संचालन गरे नगरेको अनुगमन गर्न अनुगमन समितिको समेत गठन गरेको छ ।


नगरपालिकाका रोजगार संयोजक रिसभ काफ्लेको संयोजकत्वमा अनुगमन समितिको गठन गरिएको हो । समितिमा निजगढ नगर उद्योग वाणिज्य संघका सदस्य दिपेन्द्र श्रेष्ठ,होटल तथा पर्यटन व्यवसायी संघकोका प्रतिनिधि रामकृष्ण घिमिरे,संचारकर्मी गोकुल घोरासैनी,कोरोना भाईरस विपद न्यूनीकरण समन्वय तथा अनुगमन समिति निजगढका सदस्यहरु माला लामा, सावित्री भारती, दुर्गा कोईराला र रवी कुमार बर्तौला रहेका छन् ।

समितिले व्यापार व्यवसाय संचालनको क्रममा आवश्यक मापदण्ड र कार्यविधिको कार्यान्वयन गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने कोरोना भाईरस विपद न्यूनीकरण समन्वय तथा अनुगमन समिति निजगढका संयोजक निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनाल बताए ।

बैठकले बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म व्यापार व्यवसाय संचालन गर्न पाउने गरि कार्यविधिमा उल्लेख गर्न सिफारिस गरेको छ ।

 

तपाईको प्रतिक्रिया