साउदीमा थप १२६ जना नेपालीलाई एक्जिट भिसा(सूचीसहित)

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
रियाद, साउदी

साउदी अरेबियाका विभिन्न कम्पनीहरुमा कार्यरत नबनाइएका वा नवीकरण नगरेका १२६ नेपालीहरुले यस हप्ता पनि बर्हिगमन (एक्जिट) भिसा पाएको छ । उक्त भिसा यहाँ कार्यरत नेपालीहरुले दूतावासको पहलमा पाएको हो ।

अहिलेसम्म यस प्रक्रिया शुरु भएदेखि कुल ८६४ जना नेपालीहरुले बर्हिगमन भिसा पाइसकेको दूतावासले जानकारी दिए । स्वयं व्यक्ति उपस्थित हुनुपर्ने यस प्रक्रियालाई झन्डै एक हप्ताअघि दूतावासले ह्वाट्सप लगायत विभिन्न माध्यमबाट आवेदन दिन सक्ने सूचना जारी गरेको थियो ।

विविध कारण नेपाल फर्कन चाहने नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक तथा भिसा सहज र शीघ्ररुपमा प्रदान गर्न साउदी सरकारलाई दूतावासले अनुरोध गरे बमाेजिम सरकारले भिसा प्रदान गरेको राजदूत महेन्द्रप्रसाद सिंह राजपुतले जानकारी दिए ।

उक्त प्रक्रियाका लागि दूतावासले गत २०७६ पौषबाट शुरु गरेको भएपनि कोरोनाका कारण बर्हिगमन भिसा भने लकडाउनपछि मात्र साउदी सरकारले दिन थालेको श्रम काउन्सेलर जीवनकुमार राईले बताए । उनका अनुसार बहिर्गमन भिसा ( देश छोड्न अनुमति) पाएको नेपालीहरुले ६० दिनभित्र साउदी छोडी सक्नुपर्ने छन् ।


सप्लार्य कम्पनीमा झन्डै पाँच वर्षदेखि कार्यरत रहेकी ३ सयभन्दा धेरै महिलाहरुलाई दूतावासको पहलमा बर्हिगमन भिसा लगाएर पठाइसकेको काउन्सेलर राईको भनाइ छ । बर्हिगमन भिसा प्राप्त गरेकाहरुले भने रियादबाट हुने नेपाल एयरलाइन्स र दमामबाट हुने हिमालय एयरलाईन्स उडानबाट स्वदेश फर्किन सक्ने श्रम काउन्सेलर राईले बताए । साउदी अरेबियामा आवासीय अनुमतिपत्र (साउदीमा झन्डै ३ लाख २५ हजार नेपालीहरु रहेको अनुमान छ । त्यसमध्ये ५ हजार ७ सयको हाराहारीमा महिलाहरु छिन् ।

यहाँ सप्लायर्स कम्पनीहरुले अकामा नबनाउने वा नवीकरण नगर्ने नेपाली श्रमिकहरुको समस्या अत्यधिक छन् । थोरै सप्लायर्स कम्पनीले सेवा, सुविधा दिए पनि थुप्रै कम्पनीहरुले सामान्य मापदण्ड पनि अपनाएको देखिदैन । स्थानीय बिचौंलीहरु (एजेन्ट)ले भने अकामा नवीकरणको समस्या कम्पनी छोडेर भाग्नेहरुले गर्दा आएको भनाइ छ । दूतावासले झन्डै एकवर्ष अघिनै सप्लायर्स भिसा बन्द गरेको बताउदै आएको छ ।

नेपाली राजदूतावास समक्ष बहिर्गमन भीसाका लागि आवेदन दिएका केही व्यक्तिकाे (Exit visa) प्राप्त भएको…

Gepostet von Embassy of Nepal, Riyadh नेपाली राजदुतावास, रियाद am Freitag, 4. September 2020

 

तपाईको प्रतिक्रिया