साउदीमा अहिलेसम्म कोरोना निको हुनेको संख्या दुई लाख ९५ हजार नाघ्यो

नवराज तामाङ
नवराज तामाङ संवाददाता
साउदी अरेबिया
saudi

साउदी अरेबियामा केही दिनदेखि कोरोना भाइरस (कोभिड-१९)संक्रमित घट्नेक्रम जारी छ । कुनै बेला दैनिक ५ हजारभन्दा माथि नयाँ संक्रमित थपिने गरेको साउदीमा पछिल्ला दिन ८ सयको हाराहारीमा झरेको छ ।

यसै क्रममा शनिबार कोरोना भाइरसबाट ३४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.मोहम्मद अल अब्दुलीले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । प्रवक्ता डा.अब्दुलीका अनुसार अहिलेसम्म साउदी अरेबियामा कोरोनाबाट ४ हजार ४९ जनाको मृत्यु भैसकेका छन् ।

त्यसैगरी शनिबार कोरोना भाइरस नयाँ संक्रमित ७९१ जना थपिएको प्रवक्ता डा.अब्दुलीले बताए । उनका अनुसार अहिलेसम्म साउदी अरेबियामा कुल कोरोना संक्रमित तीन लाख १९ हजार ९३२ जना पुगेका छन् । ‘ संक्रमितमध्ये २० हजार ४१ जना यहाँका विभिन्न अस्पतालहरुमा उपचारर भइरहेका छन् ,’ प्रवक्ता डा.अब्दुलली भने,’ तीमध्ये १ हजार ४७० जना बिरामीहरुको गम्भीर अवस्थामा छन् ।’

यहाँ आज ७७९ जना उपचारपछि निको भएर घर फर्किएको प्रवक्ता डा.अब्दुलीले जानकारी दिए । उनका अनुसार हालसम्म साउदीमा कुल दुई लाख ९५ हजार ८४२ जना कोरोना बिरामी उपचारपछि घर फर्किसकेका छन् । साउदी अरेबियामा गत मार्चबाट कोरोना कहर शुरु भएको थियो ।

यहाँ कोरोनाको संकेत देखिएमा स्वास्थ मन्त्रालयको टोल फ्री नम्बर ९३७ मा फोन गर्नसक्ने प्रवक्ता डा. अब्दुलालीले बताए । ‘ We are all responsible ’ भन्ने नारालाई आत्मसात गरी कोभीड-१९ रोकथामका लागि सरकारले गरेका प्रयासलाई सबैले सहयोग गर्न प्रवक्ता डा.अब्दुलालीले आग्रह गरे ।

आजको अपडेट अनुसार कोरोना भाइरस निको हुनेभन्दा नयाँ थपिनेको संख्या १२ जना बढी रहेको पत्रकार सम्मेलनमा प्रवक्ता डा.अब्दुललीले जानकारी दिए ।

साउदी अरेबियामा झन्डै तीन लाख २५ हजारको हाराहारीमा नेपालीहरु कार्यरत रहेको नेपाली दूतावासको अनुमान छ । दूतावासका अनुसार दैनिक कोरोना संक्रमित निको र नयाँ थप्ने हुँदा नेपालीहरु यतिनै संख्यामा कोरोना भाइरस पोजिटिभ भएको भन्न नसक्ने अवस्था छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच दर्जन नजिक रहेको दूतावासले जनाए ।

थप यो पनि


साउदीमा १४ सयभन्दा धेरै कोरोना निको, इजरायल र युएइलाई आकाश दिने

साउदीमा ११ सय कोरोना बिरामी उपचारपछि निको

साउदीमा थप १२६ जना नेपालीलाई एक्जिट भिसा(सूचीसहित)

तपाईको प्रतिक्रिया