धानै कुट्ने ढिकीमा पल र एलिजाको मस्ती

सविन घिसिङ संवाददाता
काठमाडाैं

धानै कुट्ने ढिकी लोकदोहोरी गीतको म्युजिक भिडियो शुक्रबार सार्वजनिक भएको छ । गीतमा शब्द संगीत र आवाज पवन ओलीको रहेको छ भने उनलाई बहुचर्चित लोकदोहोरी गायिका बिष्णु माझीले साथ दिएकी छिन् ।

यसैगरी भिडियोलाई अर्जुन तिवारी र सुरेस काफ्लेको छायांकन, मिलन विस्वकर्माको सम्पादन तथा शिव बिकले निर्देशन गरेका हुन् ।

भिडियोमा युवा पुस्ताका चर्चित अभिनेता पल शाह र एलिजा गौतमको प्रेमील अभिनय हेर्न पाइन्छ । अभिनेत्री एलिजा बरिष्ठ सञ्चारकर्मी ऋषि धमलाकी पत्नी हुन् भने उनले यसअघि केही नेपाली चलचित्रमा समेत अभिनय गरिसकेकी छिन् ।

यस गीतमा शब्द रचना र गायन पक्ष सबल रहेतापनि लय तथा संगीत र संगीत संयोजन सिर्जनामा आधुनिकता हावी भइ लोकगीत भित्र हुनुपर्ने सांगीतिक स्वाद कहिँकतै पनि पाउन नसक्नु यस गीतका कमजोर पक्ष हुन् ।


धेरै कोरस कलाकारहरुको साथमा एकै ठाउँमा विभिन्न बस्तुहरु जुटाई कलात्मक ढङ्गबाट छायांकन गरी आमदर्शकहरुलाई नयाँ स्वाद दिने प्रयास पनि गरिएको छ । अहिलेको नेपाली लोक संगीतको धारलाई नियाल्दा यो म्युजिक भिडियो गुणस्तरीय र पृथक भएकोले समग्रमा यो सिर्जना राम्रो बनेको छ।

तपाईको प्रतिक्रिया