साउदी अरेबियाले २५ देशका यात्रीलाई अनुमति दिने

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
साउदी अरेबिया

साउदी अरेबियाले २५ राष्ट्रका यात्रुहरुलाई आउन दिने भएको छ । उनीहरू साउदी अरेबियन एयरलाइन्सबाट यात्रा गर्नुपर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. मोहम्मद अल अब्दुलीले जानकारी दिए ।

उनका अनुसार यात्रीहरुले साउदी आउदा सातवटा सर्त पालना गर्नुपर्ने छन् । उक्त सर्त पालनाका लागि प्रतिबद्धतासहित फारममा हस्ताक्षर गर्नुपर्ने र उक्त फाराम साउदी अवतरित हुँदा स्वास्थ्य नियन्त्रण केन्द्रमा देखाउनुपर्ने प्रवक्ता डा.अब्दुलीको भनाइ छ ।

साउदी अरेबियाका राष्ट्रिय ध्वजाबाहक विमानबाट युएई, कुबेत, ओमान, बहराईन, इजिप्ट, लेबनान, मोरक्को, ट्यूनीशिया, चीन, युके, इटली, जर्मनी, फ्रांस, अष्ट्रीया, टर्की, ग्रीस, बंगलादेश, फिलिपिन्स, मलेसिया, दक्षिण अफ्रिका, सूडान, इथियोपिया, केन्या, नाइजीरिया र इन्डोनेशियाका यात्रीहरुले यात्रा गर्न पाउनेछन् ।

सातवटा सर्तमध्ये सातदिन आइसुलेशनमा बस्नुपर्ने प्रमुख हुन् भने अन्य जानकारीका लागि मोबाइल एपस Tatman r Tawakkalna डाउनलोड गरेर वा एयरलाइन्सको वेबसाईटमा बुज्न सकिने स्वास्थ्य मन्त्रालयले जारी निर्देशनमा लेखिएको छ ।


स्रोतका अनुसार २५ राष्ट्रका यात्रीहरुलाई साउदी आउन अनुमति दिने मितिको टंगो नलगाए पनि सेप्टेम्बर २९ तारीख राती १२ बजेसम्म अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको छ । त्यसपछि पनि उडान खुल्ने कुनै टुंगो नभएको बताइएको छ ।

 

तपाईको प्रतिक्रिया