साउदीमा कोरोना नयाँ संक्रमित घट्दै, नौ सय संक्रमित निको

नवराज तामाङ
नवराज तामाङ संवाददाता
साउदी अरेबिया

साउदी अरेबियामा केही दिनदेखि कोरोना भाइरस (कोभिड-१९) नयाँ संक्रमित घट्ने र उपचारपछि निको हुनेको संख्यामा वृद्धि हुनेक्रम जारी रहेको छ ।

यसै क्रममा आज ८९५ जना कोरोना भाइरस संक्रमितको उपचारपछि निको भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.मोहम्मद अल अब्दुलीले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार आइतबारसम्म साउदीमा कुल दुई लाख ९६ हजार ३७३ जना कोरोना बिरामी उपचारपछि घर फर्किसकेका छन् ।

त्यसैगरी आइतबार यहाँ कोरोना भाइरस नयाँ संक्रमित ७५६ जना थपिएको प्रवक्ता डा.अब्दुलीले बताए । उनका अनुसार अहिलेसम्म साउदी अरेबियामा कुल कोरोना संक्रमित तीन लाख २० हजार ६८८ जना पुगेका छन् । साउदी अरेबियामा गत मार्चबाट शुरु भएको कोरोना कहर कुनै बेला दैनिक ५ हजारभन्दा माथि नयाँ संक्रमित थपिएको थियो । पछिल्लो दिन भने यहाँ हजारभन्दा कम संख्यामा नयाँ संक्रमित भेट्ने गरेको छ ।

संक्रमितमध्ये १९ हजार ८७० जना यहाँका विभिन्न अस्पतालहरुमा उपचाररत रहेको प्रवक्ता डा.अब्दुललीले बताए । उनका अनुसार १ हजार ४५७ जना बिरामीहरुको गम्भीर अवस्थामा छन् ।


आज यहाँ कोरोना भाइरसको उपचार गरिरहेका ३२ जनाले ज्यान गुमाएको प्रवक्ता डा.अब्दुलीले जानकारी दिए । उनका अनुसार अहिलेसम्म साउदी अरेबियामा कोरोनाबाट ४ हजार ८१ जनाको मृत्यु भैसकेका छन् ।

यहाँ कोरोनाको संकेत देखिएमा स्वास्थ मन्त्रालयको टोल फ्री नम्बर ९३७ मा फोन गर्नसक्ने प्रवक्ता डा. अब्दुलालीले बताए । ‘ We are all responsible ’ भन्ने नारालाई आत्मसात गरी कोभीड-१९ रोकथामका लागि सरकारले गरेका प्रयासलाई सबैले सहयोग गर्न प्रवक्ता डा.अब्दुलालीले आग्रह गरे ।

आजको अपडेट अनुसार कोरोना भाइरस नयाँ संक्रमितभन्दा निको हुने १३९ जना बढी रहेको पत्रकार सम्मेलनमा प्रवक्ता डा.अब्दुललीले जानकारी दिए ।

साउदी अरेबियामा झन्डै तीन लाख २५ हजारको हाराहारीमा नेपालीहरु कार्यरत रहेको नेपाली दूतावासको अनुमान छ । दूतावासका अनुसार दैनिक कोरोना संक्रमित निको र नयाँ थप्ने हुँदा नेपालीहरु यतिनै संख्यामा कोरोना भाइरस पोजिटिभ भएको भन्न नसक्ने अवस्था छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच दर्जन नजिक रहेको दूतावासले जनाए ।

थप यो पनि

साउदीमा थप १२६ जना नेपालीलाई एक्जिट भिसा(सूचीसहित)

साउदीमा अहिलेसम्म कोरोना निको हुनेको संख्या दुई लाख ९५ हजार नाघ्यो

साउदी अरेबियाले २५ देशका यात्रीलाई अनुमति दिने

तपाईको प्रतिक्रिया