मलेसियामा नेपालीलाई मृत्युदण्ड

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
मलेसिया

रोजगारीका लागी मलेसिया पुगेका एक नेपालीलाई  मृत्युदण्ड दिएको छ ।  मलेसियास्थित एक उच्च अदालतले ३६ वर्षीय सुरज देव साह तेलीलाई  हत्या ठहर्याउँदै उच्च अदालतका न्यायाधिक मोहम्मद राजिद हारुनले मृत्युदण्डको फैसला गरेको समाचारमा जनाइएको छ ।

तेली मलेसियामा कृषि श्रमिकका रुपमा कार्यरत रहेको अवस्थामा घटना भएको बताइएको छ । चार बर्ष अगाडी लरी चलाउने एक नेपालीको हत्या गरेको अभियोगमा उनलाई उच्च अदालतले मृत्युदण्डको फैसला गरेको स्थानीय संचार माध्यमहरुमा उल्लेख छ ।

अभियुक्त तेलीले ३४ वर्षीय एक नेपालीको सन् २०१६, डिसेम्वर २ मा हत्या गरेको प्रहरीको अभियोगलाई अदालतले पनि सदर गरेको हो । नेपाली दूतावासका तर्फबाट अधिवक्ता खारेन जीतकौरले तेलीका तर्फबाट मुद्धा लडेकी थिइन् ।

तपाईको प्रतिक्रिया