करेन्ट लागेर एकको मृत्युु

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
रसुवा

गोसाईकुन्ड गाउँपालिका वडा नं. ५ खोपाङमा स्काभेटरलाई विद्युत तारले छुदा करेन्ट लागेर एकको मृत्युु भएको छ ।

उतरगया गाउँपालिका वडा नम्बर ५ लहरेपौवा निवासी दिनेश श्रेष्ठ स्काभेटर चालक हुन् । घटनापछि उपचारका लागि जिल्ला अस्पताल धुन्चे पुर्याएर उपचारको क्रममा निधन भएको अस्पतालका सुपरिटेन्डेन्ट डाक्टर अनिल कुमार खरेलले बताए ।

जिल्ला प्रहरी कार्यालय रसुवाको अनुसार आज विहान ट्रक माथि स्काभेटर स्याफ्रु तर्फ लैजाँदै गर्दा उक्त घटना भएको हो । पासाङ ल्हामु राजमार्ग छेउमा रहेको धुन्चे–स्याफ्रु ११ केभी विद्युत प्रसारण लाईन तारमा मेसिन कसरी छुन गयो भन्ने सम्वन्धमा प्रहरीले अनुसन्धान सुरू गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया