अविरल वर्षाले कोशी राजमार्ग अवरुद्ध

मालती मोक्तान संवाददाता
0 Shares
धनकुटा
फाइल

अविरल वर्षाकारण धरान-धनकुटा केशी राजमार्गको विभिन्न भागमा पहिरो गएर अवरुद्ध भएको सडक पहिरो खस्ने क्रम नरोकिदा अझै पनि यात्रा गर्न यात्रुहरुलाई समस्या भएको छ ।

निरन्तर वर्षाका कारण पहिरो खस्दा शुक्रबार बिहानदेखि धरान धनकुटा कोशी राजमार्गा को विभिन्न भागमा पहिरो गएर अवरुद्ध भएको सडक साँझबाट एक तर्फी सडक सवारीसाधन चल्ने गरी खुलाइएको थियो ।

कोशी राजमार्गमाअन्तरगत पर्ने धनकुटाको साँगुरीगढी गाउँपालिका- ६ लावरबोटेमा पहिरोले सडक अवरुद्ध भएपछि राजमार्ग अवरुद्ध भएको थियो । सडक माथिबाट खसेको पहिरोलाई स्काइभेटरले पन्छाएपछि उक्त ठाउँमा एक तर्फी रुपमा सडक खुलाइएको हो । वर्षा हुने क्रम नरोकिएका कारण शनिबार पनि पूर्ण रुपमा बाटो खोल्न प्रयास गरेपनि बाटो खोल्न नसकिएको धनकुटाका प्रहरी प्रमुख सुदर्शन कोइरालाले बताए ।
शनिबार अपराह्न ४ बजे पुनः उक्त स्थानमा पहिरो खसेकाले केही समय बाटो बन्द भएपनि डोजरले पहिरो पन्छ्याएर एक तर्फि रुपमा सञ्चानल गर्न सफल भएको जिल्ला प्रहरी कार्यलय प्रमुख कोइरालाले जानकारी दिए । पहिरो पन्छाउने कार्य जारिरहेपनि माथिबाट पहिरो खस्ने क्रमजारिरहेकाले पहिरोजान छोडेपछि मात्र पुरै सडक सञ्चालन हुने जिल्ला प्रहरी कार्यलयले जनाए ।

अवरुद्ध खुले पनि ढुक्क भएर हिड्ने अवस्था नरहेकोले कुनै पनि वेला पहिरो झर्ने भएकाले यात्रामा रहने सवारी चालकहरुलाई होसिरयारी पूर्वक यात्रा गर्न आग्रह गरेको जिप्रकाले जनाए । त्यस्तै लगातारको वर्षाका कारणले कोशी राजमार्गका एक दर्जनभन्दा बढी स्थानमा पहिरो खसेको छ । राजमार्गमा पहिरो खसेर सडक पूर्णरुपमा सञ्चान हुन नसक्दा धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा लगायत पहाडी जिल्लाहरुबाट लामो दुरीको लागि चल्ने सवारी साधनहरू मारमा परेकाछन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया