साउदीमा कोरोना निको हुनेको संख्या दुई लाख ९७ हजारभन्दा बढी

आज ८६६ जना कोरोना मुक्त

नवराज तामाङ
नवराज तामाङ संवाददाता
साउदी अरेबिया
Saudi

साउदी अरेबियामा केही दिनदेखि कोरोना भाइरस (कोभिड-१९) नयाँ संक्रमितसँगै मृत्यु हुनेको संख्यामा पनि घट्नेक्रम जारी रहेका छन् । साउदीमा गत मार्चबाट शुरु भएको कोरोना कहर कुनै बेला दैनिक ५ हजारभन्दा माथि नयाँ संक्रमित थपिएको थियो । पछिल्लो दिन भने यहाँ हजारभन्दा कम संख्यामा नयाँ संक्रमित भेट्ने गरेको छ ।

यसै क्रममा आज यहाँ ७६८ जना कोरोना भाइरस नयाँ संक्रमित थपिएको प्रवक्ता डा.मोहम्मद अल अब्दुलीले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार अहिलेसम्म साउदीमा कुल तीन लाख २१ हजार ४५६ जना कोरोना संक्रमित भएका छन् ।

त्यसैगरी सोमबार यहाँ कोरोना भाइरसको उपचार गरिरहेका ८६६ जना घर फर्किएको प्रवक्ता डा.अब्दुलीले बताए । उनका अनुसार हालसम्म साउदी अरेबियामा दुई लाख ९७ हजार ६२३ जना घर फर्किसकेका छन् ।

संक्रमितमध्ये १९ हजार ७२६ जना यहाँका विभिन्न अस्पतालहरुमा उपचाररत रहेको प्रवक्ता डा.अब्दुललीले बताए । उनका अनुसार १ हजार ४३० जना बिरामीहरुको गम्भीर अवस्थामा छन् ।


आज यहाँ कोरोना भाइरसको उपचार गरिरहेका २६ जनाले ज्यान गुमाएको प्रवक्ता डा.अब्दुलीले जानकारी दिए । उनका अनुसार अहिलेसम्म साउदी अरेबियामा कोरोनाबाट ४ हजार १०७ जनाको मृत्यु भैसकेका छन् ।

यहाँ कोरोनाको संकेत देखिएमा स्वास्थ मन्त्रालयको टोल फ्री नम्बर ९३७ मा फोन गर्नसक्ने प्रवक्ता डा. अब्दुलालीले बताए । ‘ We are all responsible ’ भन्ने नारालाई आत्मसात गरी कोभीड-१९ रोकथामका लागि सरकारले गरेका प्रयासलाई सबैले सहयोग गर्न प्रवक्ता डा.अब्दुलालीले आग्रह गरे ।

आजको अपडेट अनुसार कोरोना भाइरस नयाँ संक्रमितभन्दा निको हुने ९८ जना बढी रहेको पत्रकार सम्मेलनमा प्रवक्ता डा.अब्दुललीले जानकारी दिए ।

साउदी अरेबियामा झन्डै तीन लाख २५ हजारको हाराहारीमा नेपालीहरु कार्यरत रहेको नेपाली दूतावासको अनुमान छ । तीमध्ये झन्डै ६ हजारको हाराहारीमा नेपाली महिला कामदारहरु छन् । दूतावासका अनुसार दैनिक कोरोना संक्रमित निको र नयाँ थप्ने हुँदा नेपालीहरु यतिनै संख्यामा कोरोना भाइरस पोजिटिभ भएको भन्न नसक्ने अवस्था छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच दर्जन नजिक रहेको दूतावासले जनाए ।

थप यो पनि

साउदीमा अकामा नभएका थप १२० जनाको एक्जिट भिसा (नामसहित)

साउदीमा अहिलेसम्म कोरोना निको हुनेको संख्या दुई लाख ९५ हजार नाघ्यो

साउदीमा कोरोना नयाँ संक्रमित घट्दै, नौ सय संक्रमित निको

 

तपाईको प्रतिक्रिया

पत्रपत्रिका