साउदीमा ९२ दशमलव ६ प्रतिशत कोरोना उपचारपछि निको

आज ८७१ जना कोरोना नयाँ संक्रमित

नवराज तामाङ
नवराज तामाङ संवाददाता
साउदी अरेबिया

साउदी अरेबियामा मंगलबार कोरोना भाइरस (कोभिड-१९) नयाँ संक्रमित बढेको छ । यसअघि दैनिक नयाँ संक्रमितभन्दा उपचारपछि निको हुनेको संख्या धेरै हुने गर्थे ।

यसै क्रममा आज कोरोना भाइरस नयाँ संक्रमित ७८१ जना थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.मोहम्मद अल अब्दुलीले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार अहिलेसम्म साउदीमा कुल कोरोना संक्रमित तीन लाख २२ हजार २३७ जना पुगेका छन् ।

‘ संक्रमितमध्ये १९ हजार ८५४ जना यहाँका विभिन्न अस्पतालहरुमा गरिरहनु भएको छ ,’ प्रवक्ता डा.अब्दुललीले भने,’ एक हजार ४२८ जना बिरामीहरुको गम्भीर अवस्थामा रहेको चिकित्सकहरुले जानकारी दिनुभएको छ ।’

आज यहाँ कोरोना भाइरसको उपचार गरिरहेका ३० जनाले ज्यान गुमाएको प्रवक्ता डा.अब्दुलीले जानकारी दिए । उनका अनुसार अहिलेसम्म साउदी अरेबियामा कोरोनाबाट ४ हजार १३७ जनाको मृत्यु भैसकेका छन् ।


त्यसैगरी मंगलबार यहाँ कोरोना भाइरसको उपचार गरिरहेका ६२३ जना घर फर्किएको प्रवक्ता डा.अब्दुलीले बताए । उनका अनुसार अहिलेसम्म साउदी अरेबियामा दुई लाख ९८ हजार २४६ जना घर फर्किसकेका छन् ।

आजको अपडेट अनुसार कोरोना भाइरस उपचारपछि निको हुनेभन्दा नयाँ संक्रमित १५८ जना बढी रहेको पत्रकार सम्मेलनमा प्रवक्ता डा.अब्दुललीले जानकारी दिए ।

यहाँ कोरोनाको संकेत देखिएमा स्वास्थ मन्त्रालयको टोल फ्री नम्बर ९३७ मा फोन गर्नसक्ने प्रवक्ता डा. अब्दुलालीले बताए । ‘ We are all responsible ’ भन्ने नारालाई आत्मसात गरी कोभीड-१९ रोकथामका लागि सरकारले गरेका प्रयासलाई सबैले सहयोग गर्न प्रवक्ता डा.अब्दुलालीले आग्रह गरे ।

साउदी अरेबियामा ५ हजार ५ सय महिलासहित झन्डै तीन लाख १५ हजारको हाराहारीमा नेपालीहरु कार्यरत रहेको नेपाली दूतावासको अनुमान छ । दूतावासका अनुसार दैनिक कोरोना संक्रमित निको र नयाँ थप्ने हुँदा नेपालीहरु यतिनै संख्यामा कोरोना भाइरस पोजिटिभ भएको भन्न नसक्ने अवस्था छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच दर्जन नजिक रहेको दूतावासले जनाए ।

थप यो पनि

साउदीमा थप १२६ जना नेपालीलाई एक्जिट भिसा(सूचीसहित)

पत्रकार खशोग्गीको हत्या प्रकरणमा आठ व्यक्तिलाई जेल सजाय

साउदी अरेबियाले २५ देशका यात्रीलाई अनुमति दिने

साउदीमा कोरोना नयाँ संक्रमित घट्दै, नौ सय संक्रमित निको

तपाईको प्रतिक्रिया

पत्रपत्रिका