गैरआवासीय नेपाली संघ (एनआरएन) जापान नागोया क्षेत्रको संयोजकमा श्याम शितल निर्वाचित भएका छन् । शनिबार नागोयास्थित ओका कैकाकस्थिति मिटिङ हलमा सम्पन्न सातौं अधिवेशनले शितलसहित १२ जना सदस्यलाई सर्वसम्मन चयन गरेको हो । ७ जना सदस्य पछि मनोनित गर्ने गरी अधिवेशनले १२ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
एनआरएन क्षेत्रीय समन्वय समिति नागोयाको सातौं अधिवेशनले श्याम शितलसहित अन्य १२ जना सदस्यलाई सर्वसम्मत चयन गरेको हो । दुई बर्षे कार्यकाल सन् २०१९–२१ का लागि अधिवेशनले उपसंयोजकमा राम थापा र महिला उप–संयोजकमा सीता कोइरालालाई चयन गरेको छ ।
यसैगरी सचिव योमन देवान र सहसचिव रामकुमार थापा निर्वाचित भएका छन् । कोषाध्यक्ष गंगा घर्तिमगर र सह–कोषाध्यक्षमा यमबहादुर पाइजालाई चयन गरेको छ । सदस्यहरु रामकृष्ण अधिकारी, गोविन्दप्रसाद कंडेल, दामोदर सापकोटा र मनोज बम मल्ल चयन भएका छन् ।
सोही कार्यक्रममा नागोयामा सम्पन्न भएको पहिलो नेपाल फेस्टिवलको विवरण सार्वजनिक गरेको थियो । समितिका निवर्तमान सचिव श्याम शितलले आर्थिक विवरण प्रस्तुत गरेको हो ।
अधिवेशनमा एनआरएनए एसिया प्यासिफिक उप–संयोजक पारसमणि पोखरेल, निवर्तमान उप–संयोजक गोविन्द श्रेष्ठ, आईसीसी सदस्य दिनेश गुरुङ, शेर गिरी, डिलाराम खरेल लगायतका उपस्थिति थियो । यसैगरी एनआरएनए जापान वरिष्ठ उपाध्यक्ष देवीलाल भण्डारी, उपाध्यक्ष शिवप्रसाद पौडेल, महासचिव बुद्धिराज घिमिरे, महिला संयोजक सविता श्रेष्ठ, सल्लाहकार सरोज कँडेल बाबुराम भण्डारी, एनआरएनए जापान युवा संयोजक उम्मेद्वार नविन निउरेलगायतको उपस्थिति रहेको थियो ।
संस्थाका निवर्तमान संयोजक दिपक कार्कीको सभापतित्वमा अधिवेशन सम्पन्न भएको हो ।