निषेधाज्ञा खुकुलो, सवारी संचालनमा जोरबिजोर लागु

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

काठमाडौं उपत्यकाको निषेधाज्ञा खुकुलो बनाइएको छ । एक साताका लागि उपत्यकामा निषेधाज्ञा केही सहज गराइएको हो । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले सो निर्णय गरेका हुन् ।

बिहीबारदेखि लागू हुने गरी १६ सिट क्षमताभन्दा माथिका सवारीसाधनमा जोरबिजोर प्रणाली लागु गरेका छन् । यसैगरी कार्यालय र पसल तथा व्यवसाय पनि निश्चित समय सञ्चालन गर्न दिने निर्णय भएको छ ।

बैठकले भेला भएर मेला, महोत्सव मनाउन र भोज, भतेर गर्न निषेध गरेको छ । ब्यूटी पार्लर र कपाल काट्ने ब्यवसाय पनि खोल्न पाइने छैन ।

काठमाडौं उपत्यका प्रवेशमा भने अझ कडाइ गरिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका