साउदीमा कोरोना निको हुनेको संख्या तीन लाख नजिक

साउदीमा बुधबार ७२० जना कोरोना मुक्त

नवराज तामाङ
नवराज तामाङ संवाददाता
साउदी अरेबिया

साउदी अरेबियामा अहिलेसम्म ९२ दशमलव ५६ प्रतिशत कोरोना भाइरस कोभिड-१९ संक्रमित उपचारपछी निको भएको छ ।

यहाँ आजै मात्र ७२२ जना कोरोना भाइरसको उपचारपछि घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.मोहम्मद अल अब्दुलीले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार बुधबारसम्म साउदीमा कुल उपचारपछि घर फर्किनेको संख्या दुई लाख ९८ हजार ९६७ जना पुगेका छन् ।

त्यसैगरी यहाँ आज ७७५ जना कोरोना नयाँ संक्रमित थपिएको प्रवक्ता डा.अब्दुलीले बताए । उनका अनुसार अहिलेसम्म साउदीमा कुल तीन लाख २३ हजार १२ जना कोरोना संक्रमित पुगेका छन् ।

‘ संक्रमितमध्ये १९ हजार ८८१ जना यहाँका विभिन्न अस्पतालहरु गरिरहनु भएको छ ,’ प्रवक्ता डा.अब्दुललीले भने,’ एक हजार ४८६ जना बिरामीहरु गम्भीर अवस्थामा रहेको चिकित्सकहरुले जानकारी दिनुभएको छ ।’


यहाँ कोरोना भाइरसको उपचार गरिरहेका २८ जनाले बुधबार ज्यान गुमाएको प्रवक्ता डा.अब्दुलीले जानकारी दिए । उनका अनुसार अहिलेसम्म साउदी अरेबियामा कोरोनाबाट ४ हजार १६५ जनाको मृत्यु भैसकेका छन् ।

बुधबारको अपडेट अनुसार कोरोना भाइरस उपचारपछि निको हुनेभन्दा नयाँ संक्रमित ५५ जना बढी रहेको पत्रकार सम्मेलनमा प्रवक्ता डा.अब्दुललीले जानकारी दिए ।

यहाँ कोरोनाको संकेत देखिएमा स्वास्थ मन्त्रालयको टोल फ्री नम्बर ९३७ मा फोन गर्नसक्ने प्रवक्ता डा. अब्दुलालीले बताए । ‘ We are all responsible ’ भन्ने नारालाई आत्मसात गरी कोभीड-१९ रोकथामका लागि सरकारले गरेका प्रयासलाई सबैले सहयोग गर्न प्रवक्ता डा.अब्दुलालीले आग्रह गरे ।

साउदी अरेबियामा ५ हजार ५ सय महिलासहित झन्डै तीन लाख १५ हजारको हाराहारीमा नेपालीहरु कार्यरत रहेको नेपाली दूतावासको अनुमान छ । दूतावासका अनुसार दैनिक कोरोना संक्रमित निको र नयाँ थप्ने हुँदा नेपालीहरु यतिनै संख्यामा कोरोना भाइरस पोजिटिभ भएको भन्न नसक्ने अवस्था छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच दर्जन नजिक रहेको दूतावासले जनाए ।

थप यो पनि

साउदी अरेबियाले २५ देशका यात्रीलाई अनुमति दिने

साउदीमा ९२ दशमलव ६ प्रतिशत कोरोना उपचारपछि निको

साउदीबाट ५७४ स्वदेश फर्के, सेप्टेम्बर चार्टरउडानको टिकट सक्यो

तपाईको प्रतिक्रिया

पत्रपत्रिका