जनसम्पर्क समिति अमेरिकाद्वारा बाढी पहिरोलाई सहयोग

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
अमेरिका

नेपाली जनसम्पर्क समिति अमेरिकाद्घारा बाढी पहिरोबाट पीडितलाई आर्थिक सहयोग गरेका छन् ।

समितिले देशका विभिन्न जिल्लामा गएका पहिरो पीडितहरुलाई पटकपटक गरी करिब ३ लाख ५९ हजार ४३२ रुपैयाँ सहयोग गरेका हुन् ।

समितिले म्याग्दीमा १ लाख ४ हजार २५९ रुपैयाँ, बझाङमा ५० हजार २०९, कालिकोटमा ५० हजार ५८, नुवाकोटमा ५० हजार ६०० र सिन्धुपाल्चोकमा १ लाख ४ हजार ३१२ रुपैयाँ सहयोग गरेको समितिका कोषाध्यक्ष क्रान्ति आर्यालले बताइन् ।

अमेरिकामा बसोबास गरेका समितिका सदस्य र अन्य सहयोगी मनहरुबाट संकलित रकम सहयोग गरेको अध्यक्ष धनञ्जयनरसिंह केसी बताए । उनले नेपाली कांग्रेस जिल्ला कार्यसमितिमार्फत राहतस्वरुप आर्थिक सहयोग गरेको बताए ।


तपाईको प्रतिक्रिया