साउदीमा एनआरएनए र साझा मंचद्वारा दूतावासको ध्यानाकर्षण

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
साउदी अरेबिया

साउदी अरेबियामा एनआरएनएले ज्ञापनपत्र र नेपाली साझा मंचले विज्ञप्ति जारी गरेर अलपत्र परेका नेपालीहरुलाई यथाशीघ्र स्वदेश फर्काउन सहज हवाई उडानको व्यवस्थापन गर्न ध्यानाकर्षण गरेको छ ।

एनआरएनए र मंचले रोजगारी सिलसिलामा यहाँ रहेका नेपालीहरुले कोरोनाबाट रोजगार गुमाएका र विभिन्न कारण स्वदेश फर्कनुपर्ने भएकाहरूलाई सहज उडानको व्यवस्थापन गर्न दूतावासको ध्यानाकर्षण गरेको हो ।

झन्डै १२ सय जनाभन्दा धेरै नेपालीले रियास्थित समासको कम्पनीको मुख्यालयमा आइतबार प्रदर्शन गरेपछि ज्ञापनपत्र र विज्ञप्ति जारी गरेर दूतावासको ध्यानाकर्षण गरेको हो ।


यसै क्रममा एनआरएनए साउदीले ज्ञापनपत्र जारी गरेर दूतावासको ध्यानाकर्षण गरेको छ । उक्त पत्रमा ‘ वैदेशिक रोजगारिका सिलसिलामा यहाँ कोरोनाका कारण रोजगारी गुमाएका, विभिन्न कारणले नेपाल फर्कन पर्ने नेपालीहरुलाइ यथाशिघ्र स्वदेश फर्काउन सहज व्यवस्थापन सहित प्रयाप्त हवाई उडानको ब्यवस्था मिलाउन सम्बन्धित निकाय र सरोकारवालहरूलाई ध्यानकार्षण गराइएको ‘ उल्लेख छ ।

एनआरएनए साउदीको ज्ञापनपत्रमा ‘ नेपालको कुल ग्रहयस्त उत्पादनमा ठुलो योगदान पुर्याएको वैदेशिक रोजगारी र त्यसमा आवद्ध नेपाली श्रमिकहरु प्रति नेपाल सरकारको पछिल्लो निर्णयले समस्त नेपाली श्रमिकहरुलाइ उपेक्षा गरेको अनुभुति भएको ‘ लेखिएको छ ।

त्यसैगरी नेपाली साझा मंचको विज्ञप्तिमा ‘ विश्वभर फैलिएको कोरोना भाइरसबाट साउदी अरेबियामा पनि देखा परे लगत्तै यस भाइरसबाट सयौं नेपाली संक्रमित भएका र मृत्यु भएको अवस्था छ । कोरोनाको असरसँगै कतिपय कम्पनी बन्द रहेको र हजारौंले रोजगारी गुमाउनु पर्ने अवस्था छ । कम्पनीको अवस्था हेरी खाना बस्न समस्या आदि बिबिध कुराहरूमा नेपालीले भोग्नुपरेको समस्यालाई मध्यनजर गर्दै ध्यानाकर्षण भएको जानकारी गरेको ‘ लेखिएको छ ।

तपाईको प्रतिक्रिया