साउदीमा थप ८४ नेपालीलाई बर्हिगमन भिसा(नामावलीसहित)

अहिलेसम्म ९४८ जनालार्इ एक्जिट भिसा

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
रियाद, साउदी

नेपाली दूतावासको पहलमा साउदी सरकारद्वारा कम्पनीले इकामा नवीकरण नगरेका वा नबनाइदिएका, हुरुप लागेका नेपालीहरुलाई बहिर्गमन (एक्जिट) भिसा दिनेक्रम जारी रहेको छ ।

यसै क्रममा यस हप्ता पनि ८४ जना नेपालीहरुले एक्जिट भिसा पाएको श्रम काउन्सेलर जीवनकुमार राईले जानकारी दिए । उनका अनुसार अन्य थुप्रै आवेदनहरु भिसाको पर्खाइमा छन् ।

यहाँका विभिन्न कम्पनीमा कार्यरत आवासीय अनुमतिपत्र (इकामा) नबनाईएका वा नवीकरण नगरिएका कारण स्वदेश फर्कनु पर्ने नेपालीहरुका लागि वहिर्गमन भिसा प्राप्त गर्न दूतावासले साउदी सरकारलाई अनुरोध गरेको श्रम काउण्सेलर राईले बताए । श्रम काउन्सेलर राईका अनुसार यो प्रक्रिया थालनी भएदेखि साउदी सरकारले अहिलेसम्म ९४८ जना नेपालीहरुलाई बहिर्गमन भिसा दिइसकेका छन् ।

‘ विभिन्न व्यक्तिहरुले झुठा विवरण दिई दूतावास समक्ष बहिर्गमन भिसाका लागि राहदानी तथा ईकामा पेश गरे अनुरुप दूतावासको सिफारिसमा भिसा लागेको छ,’ श्रम काउन्सेलर राईले भने,’ यदि यसबाट समस्या सिर्जना भएमा सम्बन्धित व्यक्ति स्वयं जिम्मेवार हुनुपर्छ ।’


उक्त प्रक्रियाका लागि दूतावासले गत २०७६ पौषबाट शुरु गरेको भएपनि कोरोनाका कारण बर्हिगमन भिसा भने लकडाउनपछि मात्र साउदी सरकारले दिन थालेको श्रम काउन्सेलर जीवनकुमार राईले बताए ।

सप्लार्य कम्पनीमा झन्डै पाँच वर्षदेखि कार्यरत रहेकी ३ सयभन्दा धेरै महिलाहरुलाई दूतावासको पहलमा बर्हिगमन भिसा लगाएर पठाइसकेको काउन्सेलर राईले जानकारी दिए । उनका अनुसार बर्हिगमन भिसा प्राप्त गरेकाहरुले भने रियादबाट हुने नेपाल एयरलाइन्स र दमामबाट हुने हिमालय एयरलाईन्स उडानबाट स्वदेश फर्किन सक्नेछन् ।

साउदी अरेबियामा झन्डै ३ लाख १५ हजार नेपालीहरु रहेको अनुमान छ । त्यसमध्ये ५ हजार ७ सयको हाराहारीमा महिलाहरु छिन् । त्यस्तै कम्पनी छोडेर भाग्नेहरुको संख्या पनि हजारौं रहेको दूतावासको अनुमान रहेको छ ।

यहाँ सप्लायर्स कम्पनीहरुले अकामा नबनाउने वा नवीकरण नगर्ने नेपाली श्रमिकहरुको समस्या अत्यधिक छन् । थोरै सप्लायर्स कम्पनीले सेवा, सुविधा दिए पनि थुप्रै कम्पनीहरुले सामान्य मापदण्ड पनि अपनाएको देखिदैन । स्थानीय बिचौंलीहरु (एजेन्ट)ले भने अकामा नवीकरणको समस्या कम्पनी छोडेर भाग्नेहरुले गर्दा आएको भनाइ छ । दूतावासले झन्डै डेढ वर्षअघिनै सप्लायर्स भिसा बन्द गरेको बताउदै आएको छ ।

बर्हिगमन भिसा प्राप्त गरेका नामावली

थप यो पनि

•  साउदीमा इकामा नभएका वा नवीकरण नगरेका नेपालीहरुलाई सम्पर्क गर्न दूतावासको आग्रह 

साउदीमा थप १२६ जना नेपालीलाई एक्जिट भिसा(सूचीसहित)

साउदीमा अकामा नभएका थप १२० जनाको एक्जिट भिसा (नामसहित)

तपाईको प्रतिक्रिया

पत्रपत्रिका