साउदीमा कोरोना भाइरस नयाँ संक्रमितसँगै मृत्युदर पनि घट्यो

बिहीबार १ हजार ३२ जना कोरोना मुक्त

नवराज तामाङ
नवराज तामाङ संवाददाता
साउदी अरेबिया

साउदी अरेबियामा दैनिक कोरोना भाइरस कोभिड-१९ नयाँ संक्रमित र मृत्युदर घट्नेक्रम जारी रहदा उपचारपछी निको हुनेको संख्या भने बढेको छ ।

यहाँ बिहीबार ७०८ जना कोरोना भाइरस नयाँ संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता डा.मोहम्मद अल अब्दुलीले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार अहिलेसम्म साउदी अरेबियामा कुल संक्रमित हुने तीन लाख २३ हजार ७२० जना पुगेका छन् ।

‘ संक्रमितमध्ये १९ हजार ५३३ जना यहाँका विभिन्न अस्पतालहरु गरिरहनु भएको छ ,’ प्रवक्ता डा.अब्दुललीले भने,’ एक हजार ३६४ जना बिरामीहरु गम्भीर अवस्थामा रहेको चिकित्सकहरुले जानकारी दिनुभएको छ ।’

त्यसैगरी बिहीबार यहाँ कोरोना भाइरसको उपचार गरिरहेका १ हजार ३२ जना उपचारपछि घर फर्किएको प्रवक्ता डा.अब्दुलीले बताए । उनका अनुसार हालसम्म साउदीमा कुल दुई लाख ९९ हजार ९९८ जना कोरोना भाइरस संक्रमित उपचारपछि निको भैसकेका छन् ।


साउदीमा कोरोना भाइरसको उपचार गरिरहेका २४ जनाले बुधबार ज्यान गुमाएको प्रवक्ता डा.अब्दुलीले जानकारी दिए । उनका अनुसार अहिलेसम्म यहाँ कोरोना भाइरसबाट ४ हजार १८९ जनाको मृत्यु भैसकेका छन् ।

बिहीबारको अपडेट अनुसार कोरोना भाइरस नयाँ संक्रमितभन्दा उपचारपछि निको हुने ३२४ जना बढी रहेको पत्रकार सम्मेलनमा प्रवक्ता डा.अब्दुललीले जानकारी दिए ।

यहाँ कोरोनाको संकेत देखिएमा स्वास्थ मन्त्रालयको टोल फ्री नम्बर ९३७ मा फोन गर्नसक्ने प्रवक्ता डा. अब्दुलालीले बताए । ‘ We are all responsible ’ भन्ने नारालाई आत्मसात गरी कोभीड-१९ रोकथामका लागि सरकारले गरेका प्रयासलाई सबैले सहयोग गर्न प्रवक्ता डा.अब्दुलालीले आग्रह गरे ।

साउदी अरेबियामा ५ हजार ५ सय महिलासहित झन्डै तीन लाख १५ हजारको हाराहारीमा नेपालीहरु कार्यरत रहेको नेपाली दूतावासको अनुमान छ । दूतावासका अनुसार दैनिक कोरोना संक्रमित निको र नयाँ थप्ने हुँदा नेपालीहरु यतिनै संख्यामा कोरोना भाइरस पोजिटिभ भएको भन्न नसक्ने अवस्था छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच दर्जन नजिक रहेको दूतावासले जनाए ।

 

तपाईको प्रतिक्रिया