उदयपुर कोभिड-१९ अस्पतालको काम द्रुतगतिमा

कात्तिकमै काम सम्पन्न गर्ने लक्ष

उदयपुर

उदयपुर चौदण्डीगढी नगरपालिकास्थित नवनिर्मित उदयपुर कोभिड अस्पतालको काम द्रुतगतिमा अघि बढेको छ । स्विस सरकारको १ करोड ५० लाख अनुदान पाएसँगै कोभिड अस्पतालको कार्यले द्रुतगति लिएको हो ।

तीन करोड १२ लाख लागत अनुमान गरेर निर्माण शुरु गरिएको कोभिड अस्पताल निर्माणको लागि उदयपुर जिल्लाका आठै पालिकाले सहयोग गर्ने भएका छन् । आठ पालिकामध्ये ४ नगरपालिका बेलका, चौदण्डीगढी, त्रियुगा र कटारीले १५ लाखका दरले सहयोग गर्ने भएको छ, भने अन्य ४ गाउँपालिका लिम्चुङबुङ, रौतामाई, ताप्ली र उदयपुरगढीले १० लाखका दरले सहयोग गर्ने जनाइएको छ।

हाल यस अस्पताल निर्माणको जिम्मा धुलिखेल सुसम आदित्य रेग्मी जेभीले २ करोड ६८ लाख रुपैयाँमा भवन बनाउने गरी ठेक्का सम्झौता गरेको छ, भने ठेक्का सम्झौता अनुसार यहि कात्तिक १७ गते अस्पताल सम्पन्न गर्नुपर्ने छ । सम्झौता अनुसार यही कार्तिक १७ गते निर्माण कार्य सम्पन्न गर्न निर्माणको कामलाई द्रुतगति दिईएको निर्माण कम्पनीले जनाएको छ।

ट्रस प्रयोग गरि निर्माण गरिने यस अस्पतालमा १४ कोठा रहने छन् , भने ४० शैय्याको बेड रहने चौदण्डीगढी नगरपालिकाले जनाइएको छ ।


विश्व महामारीको रुपमा फैलिएको कोरोन भाइरस (कोभिड-१९) को स्थानीय स्तरमै उपचार गर्ने उद्देश्यसहित उदयपुरमा अस्पताल बनाउन लागिएको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले बताए ।

उदयपुर कोभिड-१९ अस्पताल ८ वटा भेन्टिलेटरसहित सुविधासम्पन्न हुने चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले जानकारी दिए । उनका अनुसार अस्पतालमा छुट्टै ओपीडी र डाक्टर रुमको समेत व्यवस्था गर्नेछन् ।

निकै प्रभावकारी अस्पताल बन्ने लक्ष सहित निर्माण शुरु गरिएको यस अस्पतालले कोरोना भाइरसको महामारी सकिए पश्चात् अन्य रोगको उपचारका लागि यहाँका स्थानीयले बिराटनगर, धरान जस्ता ठुला र महगाँ अस्पताल धाउनु नपर्ने होकि भन्ने समेत उदयपुर बासीले अपेक्ष गरेका छन।

हाल अस्पताल निर्माण हुँदै गरेको ठाउँसँगै रहेको सशस्त्र प्रहरीको बेसक्यामको लागि निर्मित भवनमा कोभिड आईसुलेसन संचालित छ । जहाँ हालसम्म ५५ जना कोरोन संक्रमित सफल उपचारपछि निको भएर घर फर्किसकेका छन् , भने आइसुलेसनमा ५ जना रहेका छन् । उदयपुर जिल्लामा अहिलेसम्म ४१ जना पुरुष र ५ जना महिला गरि ४६ जना क्वारेन्टिनमा रहेको कुरा उदयपुर जिल्ला जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका