ग्रेड उतीर्ण खेलाडीलाई वेल्ट तथा प्रमाणपत्र

प्रकाश तामाङ संवाददाता
ललितपुर

गोदावरी नगरपालिका- १४ स्थित ठैवामा रहेको ब्लुवर्ड स्कुलको विद्यार्थीले आइडब्लुएफ कराँतेको विभिन्न तहको ग्रेड उतीर्ण गरेबापत वेल्ट र प्रमाणपत्र प्रदान गरेको छ ।

शनिबार एक कार्यक्रमकाबीच ग्रेड उतीर्ण गरेका ४५ जना खेलाडीलाई आइडब्लुएफका केन्द्रीय सचिव सुमान लामाले बेल्ट र प्रमाणपत्र प्रदान गरेको हो । जसमा परपर वेल्ट ३, ग्रीन वेल्ट ९, ओरेन्ज वेल्ट २, ब्राउन वेल्ट ३ र एल्लो वेल्ट २८ जनाले पाएका छन् ।

उत्कृष्ट खेलाडी राज थापा र विद्या जिरेल सम्मानित भएका छन् ।

कार्यक्रममा केन्द्रीय सदस्य एवं प्रमुख प्रशिक्षक बुद्वराज नेगी, कराँतेका जिल्ला अध्यक्ष प्रविन स्याङतन, प्रशिक्षक एवं टेक्निकल चिन लामा, प्रशिक्षक सुमन तामाङ, बागमती मार्शलआर्ट सेन्टरका सचिव प्रकाश तामाङ लगायत उपस्थिति थिए ।

कार्यक्रम ब्लुवर्डको प्रिन्सपल चन्द्रसिखर सापकोटाको सभापतित्वमा सम्पन्न भएको थियोे ।

तपाईको प्रतिक्रिया

Ads by google

Counter

पत्रपत्रिका