धनकुटामा सामुहिक यौन शोषणमा परेकी १३ वर्षिया बालिकाले छोरी जन्माएकी छिन् । चार जनाको सामुहिक यौन शोषणबाट अवैध गर्भ बोकेर महिला पुनःस्थापना सेवा केन्द्र धनकुटाको संरक्षणमा रहेकी उनले सोमवार साँझ कोसी अञ्चल अस्पताल विराटनगरमा छोरी जन्माएकी हुन् ।
शिशु जन्मिएसंँगै बालिकामाथि यौन हिंसा गरेकै कारण घट्नामा संलग्न ४ जना आरोपीहरु पुर्पक्षको लागी कारगारमा छन्, तर शिशु भने कसको शारीरिक सम्पर्कबाट गर्भ रहेर जन्मियो भन्ने कुरा सर्बत्र चासोको विषय बनेको छ ।
दलित बालिकामाथि लामो समयदेखि पटकपटक यौन शोषण गरेको आरोपमा उनीहरूलाई परिवारको उजुरीको आधारमा पक्राउ परेको थियो । पक्राउ पर्नेहरुमा एक शिक्षकसहित चार जना अभियुक्तलाई पुर्पक्षको लागी जिल्ला कारगार धनकुटामा राखिएका छन् ।
उनीहरुको मुद्धा जिल्ला अदालत धनकुटामा विचारधीन अवस्थामा रहेको छ । चारै जनाले बारम्बार यौन शोषण गरेको किटानी जाहेरी प्रहरीमा परेपछि बालिका महिला पुनःस्थापना सेवा केन्द्रको संरक्षणमा रहेकी थिइन् । पीडकहरु अहिले कारगारमा रहेका छन् । हिंसा पिडित बालिका महिला पुनःस्थापना सेवा केन्द्रमा राखिएको ४ महिनापछि शिशु जन्माएकी हुन् ।
उनी महिला पुनःस्थापना सेवा केन्द्र धनकुटामा रहने क्रममा सुत्केरी व्यथा लागेकोले आइतबार साँझ जिल्ला अस्पताल धनकुटामा र्पुयाइएको थियो । बालिकाको पेटमा रहेको बच्चा उल्टो बसेकाले जिल्ला अस्पताल धनकुटामा सुत्केरी गराउन नमिल्ने भएपछि सोमवार कोसी अञ्चल अस्पताल विराटनगर लगिएको महिला पुनःस्थापना सेवा केन्द्र धनकुटाकी उपाध्यक्ष सुक्री राईले बताइन् ।
हिंसा पीडित बालिकालाई ओसिएमसी एकद्धार संकट व्यवास्थापन कार्यक्रमको सहयोगमा निःशुल्क शल्यक्रिया गरेर शिशु जन्मीएको उपाध्यक्ष राईले बताइन् । जिल्ला अस्पताल धनकुटाले पनि ओसिएमसी कार्यक्रमको सहयोगमा विराटनगर स्थित कोशि अञ्चल अस्पताल विराटनगरमा रिफर गरेको बताए ।
त्यसैगरी आफ्नै बुबावाट यौन हिंसामा परि गर्व रहेको चौविसे गाउँपालिकाकी अर्की बालिका पनि सुत्केरी हुने अवस्था रहेको महिला पुनःस्थापना सेवा केन्द्र धनकुटाले जनाए । हाल १ जना सुत्केरी भइसकेको, १ जना असोज अन्तिममा सुत्केरी हुने र २ जना आफ्नै बुवाबाट जर्वजस्ती करणीबाट गर्भ रहेको र सामुहिक जर्वजस्ती करणीमा परेकी १ जना अपांग बालिकासमेत गरी ५ जना केन्द्रको संरक्षण्मा रहेको अध्यक्ष हिमा चेम्जोङ्गले बताइन् ।
पुर्पक्षका लागी थुनामा परेकाहरुमध्ये शिक्षक अधिकारी लामो समयदेखि यौन शोषण गरेको आरोपमा ०७७ बैशाख २७ गते शनिबार पक्राउ परेको थियो । अन्य ३ जनालाई भने बैशाख २६ गते शुक्रबारनै प्रहरीले नियन्त्रणमा लिएको थियो । जिल्ला अदालत धनकुटाका न्यायधिश फणिन्द्र पराजुलीको एकल इजलासले उनीहरुलाई पुर्पक्षको लागी थुनछेकको वहस पछि थुनामा राख्ने आदेश दिएका थिए ।
जिल्ला अदालत धनकुटामा साँची बकपत्र सकिए पनि लकडाउन लगायतले गर्दा पेसी पटकपटक सरेकोले फैसला हुन बाँकी रहेको बताइएको छ । पिडकको तर्फबाट उक्त मुद्धालाई फितलो बनाउन पीडित परिवारलाई मनाउन आर्थिक चलखेलको तयारी भइरहेको एकजनाले आफ्नो नाम नछाप्ने सर्तमा बताइएको छ ।