नौकुन्ड गाउँपालिकाको टोली पर्यटन–पदमार्गहरूको अध्ययन गर्दै गोसाइकुण्ड पुगेका छन् ।
नौकुन्डदेखि गोसाईकुन्डको पदयात्रामा गापा उपाध्यक्ष सृजना लामा लगायत प्राविधिक टिमसहित समाज कल्याण तथा पर्यटन प्रबद्र्वनको टिमले पदमार्गको अवस्था तथा डिपिआरको अध्ययन गरेका छन् ।
पाँच दिने यात्रामा लुवा-बक्सार,थाङदोर,लाङवु,लोकिल,आपचौर,सस्र्यु,सिम्बन्दि,यार्सा,लाच्याङटार,पारच्याङ,सरमथलि,हुदै गोसाईकुन्ड पुगेर फर्किका थिए ।
‘गाउँपालिकाभित्र पनि भरपुर मात्रामा पर्यटकिय स्थलहरू रहेका छन् । यहाँ पनि सम्भावना बोकेका ठाउँहरू छन’, उपाध्यक्ष लामा भनिन्, ‘प्रचारप्रसारका लागि पदयात्रा गरिएको हो ।’