साउदीमा कोरोना भाइरस निको हुनेको संख्या तीन लाख नाघ्यो

शुक्रबार ९३५ जना कोरोना मुक्त

नवराज तामाङ
नवराज तामाङ संवाददाता
साउदी अरेबिया

साउदी अरेबियामा ६८७ जना कोरोना भाइरस कोभिड-१९ नयाँ संक्रमित थपिएका छन् । उक्त संख्यामा शुक्रबार यहाँ नयाँ संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता डा.मोहम्मद अल अब्दुलीले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रवक्ता डा.अब्दुलीका अनुसार अहिलेसम्म साउदी अरेबियामा कुल संक्रमित हुने तीन लाख २४ हजार ४२७ जना पुगेका छन् । ‘ संक्रमितमध्ये १९ हजार २६१ जना यहाँका विभिन्न अस्पतालहरु गरिरहनु भएको छ ,’ प्रवक्ता डा.अब्दुललीले भने,’ एक हजार ३६४ जना बिरामीहरु गम्भीर अवस्थामा रहेको चिकित्सकहरुले जानकारी दिनुभएको छ ।’

त्यसैगरी शुक्रबार साउदीमा कोरोना भाइरसको उपचार गरिरहेका ९३५ जना घर फर्किएको प्रवक्ता डा.अब्दुलीले बताए । उनका अनुसार हालसम्म साउदीमा कुल तीन लाख हजार ९३३ जना कोरोना भाइरस संक्रमित उपचारपछि निको भैसकेका छन् ।

साउदीमा कोरोना भाइरसको उपचार गरिरहेका २४ जनाले शुक्रबार ज्यान गुमाएको प्रवक्ता डा.अब्दुलीले जानकारी दिए । उनका अनुसार अहिलेसम्म यहाँ कोरोना भाइरसबाट ४ हजार २१३ जनाको मृत्यु भैसकेका छन् ।


बिहीबारको अपडेट अनुसार कोरोना भाइरस नयाँ संक्रमितभन्दा उपचारपछि निको हुने २४८ जना बढी रहेको पत्रकार सम्मेलनमा प्रवक्ता डा.अब्दुललीले जानकारी दिए ।

यहाँ कोरोनाको संकेत देखिएमा स्वास्थ मन्त्रालयको टोल फ्री नम्बर ९३७ मा फोन गर्नसक्ने प्रवक्ता डा. अब्दुलालीले बताए । ‘ We are all responsible ’ भन्ने नारालाई आत्मसात गरी कोभीड-१९ रोकथामका लागि सरकारले गरेका प्रयासलाई सबैले सहयोग गर्न प्रवक्ता डा.अब्दुलालीले आग्रह गरे ।

साउदी अरेबियामा ५ हजार ५ सय महिलासहित झन्डै तीन लाख १५ हजारको हाराहारीमा नेपालीहरु कार्यरत रहेको नेपाली दूतावासको अनुमान छ । दूतावासका अनुसार दैनिक कोरोना संक्रमित निको र नयाँ थप्ने हुँदा नेपालीहरु यतिनै संख्यामा कोरोना भाइरस पोजिटिभ भएको भन्न नसक्ने अवस्था छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच दर्जन नजिक रहेको दूतावासले जनाए ।

 

तपाईको प्रतिक्रिया

पत्रपत्रिका