सिन्धुबासीलाई योगेश र सृजनाको सांगीतिक राहत

सविन घिसिङ संवाददाता
काठमाडाैं

‘कस्तो बज्रपात मेरो सिन्धु आमालाई’ गीतको म्युजिक भिडियो शुक्रबार सार्वजनिक भएको छ। म्युजिक भिडियाे स्थानीय सरकारका कान्छी गाउँपालिका उपाध्यक्ष एवं प्रतिभाशाली गायिकाको रुपमा परिचित जुगल गाउँपालिका सिन्धुपाल्चोककी उपध्याक्ष सृजना तामाङको प्रस्तुतिमा निर्माण भएको हो ।

म्भिडियोको गीतकाे शब्द रचना, संगीत, संगीत संयोजन योगेश लामाको रहेको छ । गीतमा योगेश लामा र सृजना तामाङले युगल आवाज दिएका छन् ।

गीतका बारेमा स्रष्टा योगेशले भने, ‘म पनि सिन्धुपाच्लोचकबासी भएकाले त्यहाँ बिपत्ति पर्दा मलाई नदुख्ने कुरै भएन त्यो पीडालाई शक्तिमा बदलेर जिम्मेवार हुँदै समग्र सिन्धुवासीमा समर्पण गरि सांगीतिक राहत स्वरुप यो गीत ल्याएको हो ।’

पछिल्लो समय संगीत संयोजनमा समेत ब्यस्त हुन थालेका लामा २०६८ बाट संगीतको औपचारिक शिक्षासंँगै नियमित संगीत सिर्जनामा लागेको हुन् । उनले हालसम्म डेढ दर्जन भन्दा बढी गीत गाइसकेका छन् ।


गायक लामाको ‘कुटुकुटु लोकदोहोरी’, ‘तामाङ ठिटो लोकसेलो’, ‘आम्मैले हो आम्मैले’ गीतहरु लोकप्रिय छन् ।

तपाईको प्रतिक्रिया