जिल्लाकै शताब्दी पुरुष बने नुर्पुछोवाङ

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
रसुवा

गोसाईकुन्ड गाउँपालिका वडा नं. ६ धुन्चेका प्रमुख लामा एक सय वर्ष पूरा भएको उपलक्ष्यमा जन्म दिन मनाइएको छ । उनी परिवारको मात्रै नभई जिल्लाकै शताब्दी पुरुष हुन् ।

धुन्चेको टुल्कु छोलिङ गुम्बाको प्रमुख लामा शताब्दी पुरूष नुर्पुछोवाङ घलेको एक सय बर्ष लागेकोमा उनको सुस्वास्थ्य दिर्घायुको कामना सहित जन्म दिन मनाइएको नागरिक समाजका अध्यक्ष वावुलाल तामाङले बताए ।

१९७८ साल भदौ १७ गते सदरमुकाम धुन्चेमा जन्मिएका घलेका ४० जना नातिनातिनासहित ७०।८० जना आफन्तहरू रहेका छन् ।

उनी आफै आफ्नो काम आफू गर्ने, समाजमा आईपरेका समस्याहरूको समाधानार्थ पुजापाठहरूमा पुग्ने गर्छन् ।


तपाईको प्रतिक्रिया

पत्रपत्रिका