अन्तर समिति साउदीद्वारा चार्टरउडान बढाउन आग्रह(ज्ञापनपत्र)

दूतावासमा पहिला समस्या दर्ता गरेको पहिला पठाउनुपर्ने

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
साउदी अरेबिया

अन्तर संस्था समन्वय समिति साउदी अरबले चार्टरउडान र होटल क्वारेन्टाइन शुल्क लगायत श्रमिकले बुझाउनु निर्णय प्रति ज्ञापनपत्र जारी गरेर ध्यानाकर्षण गरेको छ ।

समितिको ज्ञापनपत्रमा’ कोरोना भाइरस (कोभिड-१९) संक्रमणको कारणले साउदी अरब सृजित विषम परिस्थितिका कारण हवाई सेवा बन्द हुन जाँदा रोजगारीमा समस्या आएको, करार समाप्त भइ स्वदेश फर्कन पर्नेहरू, साउदी सरकारले अवैधानिक रूपमा रूपमा रहेकाहरुलाई फिर्तीको लागि दिएको अवसर लगायत बिबिध कारणले समस्या रहेका हजारौं नेपालीहरुले नेपाली दूतावासमा निवेदन दिएको आधारमा प्राथमिक शुचि प्रकाशित गर्ने र सोही आधारमा नेपाल सरकारद्वारा तोकिएको उद्धार चार्टर फ्लाइट मार्फत हालसम्म नेपाल फर्कने क्रम चलिरहेको छ । चार्टर फ्लाइटको लागि तोकिए चर्को भाडा र पछिल्ला दिनहरुमा नेपाल सरकारले गरेको होटेल क्वारेन्टाइनको शुल्क लगायत अन्य खर्चहरु समेत स्वयं श्रमिकले व्यहोर्नुपर्ने निर्णयले पारेको पीडित माथिको थप आर्थिक बोझ प्रति गम्भीर असहमति रहेको स्पष्ट पार्न चाहेको ‘ उल्लेख छ ।

पत्रमा ‘ समयमा उडान नहुदा न्युनतम मानवीय आवश्यकता समेत पुरा गर्न नसकी हजारौं नेपालीहरु जटिल समस्यामा परेको, मानसिकरूपमा विच्छेदको अवस्थामा पुग्दै गएको स्वदेश फिर्ताको माग राखेर नेपालीहरुले आफ्नै सरकार र दूतावास विरुद्ध नारा जुलुस, आन्दोलन समेत गर्नुपरेको तथ्य नछिपेको’ लेखिएको छ । सकारले उद्दार उडानको नाममा महगो चार्टरउडानहरु मार्फत नेपाली दूताबासले तय गरेको अनलाईन फारम मार्फत फारम भरी प्राथमिकता आधारमा स्वदेश फर्कने श्रमिकहरुको नामेरोल प्रकासित गरे पनि सिमित फ्लाईटका कारण चर्को मूल्य तिरेर पनि टिकेट नपाई रहेको कुरा आमजमानसको गुनासो आई रहेको छ ।’

‘ दूतावासबाट जारी गरिएको प्राथमिकता सूचीको आधारमा पहिला समस्या दर्ता गरेका पहिला जान पाउने प्राथमिकता साथ पालन गर्न,पहुँचका आधारमा शुचि सुचिकृत भएका बाहेकको चार्टर फ्लाइट मार्फत स्वदेश फिर्तीको अनाधिकृत रूपमा अवसर छोपी रहेको समेत देखिन आएकोले सो रोक्न र पीडित नेपालीहरुको न्युनतम मानवीय आवश्यकता परिपूर्ति गर्न प्रबन्ध मिलाउन समेत माग ‘ गरेको उल्लेख छ ।


त्यस्तै समितिको पत्रमा ‘ रेमिटेन्स मार्फत नेपाल समृद्धिमा योगदान पुर्‍याउने नेपालीहरुको पीडामा मल्हम लगाउन साउदीमा रहेका संघसंस्थाहरुले साउदीमा पर्याप्त फिर्ती उडान नहुदा समस्या परेक नेपालीहरुको तत्काल उद्धार गरि स्वदेश फर्काउन दूतावास मार्फत नेपाल सरकारका सम्बन्धित मन्त्रालय, बिभाग तथा निकायको ध्यानाकर्षण गराउदै सो को लागि नियमित उडान सुचारु गर्न, तत्काल संभव नरहे नेपाल फर्कन चाहनेहरुको प्राथमिक सूचीमा रहेकाहरूको शीघ्र स्वदेश फर्कन सक्ने गरि चार्टर उडानको संख्या बढाउन ‘ अनुरोध गरेको लेखिएको छ ।

साउदीमा गत आइतबार झन्डै १२ सय जनाभन्दा धेरै नेपालीले रियास्थित समासको कम्पनीको मुख्यालयमा प्रदर्शन गरेपछि एनआरए र साझा मंचले पनि  ज्ञापनपत्र र विज्ञप्ति जारी गरेर दूतावासको ध्यानाकर्षण गरेको थियो । यसै क्रममा अन्तर संस्था समितिले पनि ज्ञापनपत्र जारी गरेर दूतावासको ध्यानाकर्षण गरेको हो ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका