कालो गाउँको पहिरन फेरियो

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
रसुवा

रसुवाको साविक गत्लाङ गाउँ हाल आमाछोदिङमो गाउँपालिका वडा नं. ३ मा पर्दछ । कालो गाउँबाट परिचित नेपालको मान र जिल्लाकै शानको रुपमा छ अझैपनि । तर भुकम्पपछि गाउँको स्वरुप फेरिएको छ । रङ्गीचङ्गी जस्तापाताले घर छाएकोले पहिरन फेरिएको हो ।

यसै गाउँको नामबाट अन्तराष्ट्रियस्तरमा रसुवा चिनिएको थियो । परिचय बोकेको जिल्लाभित्रको कालो गाउँ २०७२ सालको विनाशकारी भुकम्पले गाउँलाई ठुलो क्षति पुर्यायो । पुननिर्माणपछि गाउँ स्वरुप फेरिएको वडाध्यक्ष प्रेम घले बताउँछन् । उनी भन्छन्, ‘अहिले सरकारको ढाँचा अनुसार आधुनिक घर बन्यो । छाना रङ्गीचङ्गी छाए । अहिले त्यहाँ त्यो गाउँ कालो गाउँ नै होइन कि जस्तो भएको छ ।’ अब यसलाई पुनस्थापना गर्ने सोचमा रहेको उनले बताए ।

वि.सं. २०५७।०५८ सालतिर टिआरपिले हाकु गाउँ गत्लाङलाई थप पर्यटकीय नगरी बनाउन होमस्टे, बाटो, पर्यटनलाई कसरी लोभ्याउन सकिन्छ भनेर विभिन्न खालका कार्यक्रमहरु ल्याएका थिए ।

यस गाउँमा कृषिजन्य आलु, सिमि, साग, मुसुर दाल, मार्सी धान, कोदो लगायतका अर्गानिक तरकारी उत्पादन हुन्छन् ।


प्रकृतिको मनोरम वातावरणमा फोटो खिच्न, रमाउन, भलाकुसारी गर्न औधी रुचाउँने ठाउँ हो यो । आन्तरिक तथा बाह्य पर्यटकहरु यस गाउँ हेर्न आइपुग्ने गर्थे तर अब भने यसको पहिरन फेरिएको छ, को आउँला र ? स्थानीयहरुले गुनासो गरे ।

तामाङको बाहुल्यता रहेको गतलाङमा आफ्नो कला, संस्कृतिमा पनि उतिकै धनी छन् । यहाँका स्थानीय तामाङहरु टोपी, स्यामा, पङगप, पटुका र पुरुषले लगाउने ऊनिको लुगा बुनेर जिविकोपार्जन गर्दछन् ।

प्रकृतिको काखमा रहेको गतलाङमा सोमदाङ, गणेश हिमाल जस्ता खानी लगायत धार्मिक स्थल पार्वतीकुण्ड रहेको छ । भुकम्प अगाडि अति राम्रो थियो, त्यसपछिका दिनहरुमा सबै मासिरहेको छ, यहाँका स्थानीयहरु बताउँछन् ।

कालो गाउँमा संस्कृति, धर्म, भाषा र प्रकृतिको जिवन्त छ । यसैका लागि विदेशीहरु यहाँ आउने गर्दछन् । यो विदेशीको लागि मुख्य रोजाई पथ्र्याे ।

अहिले कोरोनाको माहामारीले विश्व नै आक्रान्त पारिरहेको अवस्था यस गाउँलाई पनि प्रभाव परेको छ । राजधानीदेखि एक दिनमा पुग्ने गाउँको पहिरन मेटिएको छ ।

यस कालो गाउँलाई पुरानो स्वरुपमा फर्काउन आमाछोदिङमो गाउँपालिका लगायतका अन्य सरोकारवालाहरुको ध्यान जान जरुरी देखिन्छ । आफ्नो जिल्लाको पहिचानलाई जिवन्त राख्न पहल गर्न जरुरी छ ।

गाउँपालिका अध्यक्ष वुचुङ तामाङ भन्छन्, हामी यो पहिचान मेटिन नदिन यो सरकार लागि परेको छ । मेरै पालामा सार्थकता बनाउने प्रयास गर्नेछु ।

‘जव स्थानीय सरकार बनिसकेपछि ध्यान पुर्वक कालो गाउँलाई जिवन्त राख्न पर्ने हो तर कसैले वास्ता गरेको देखिदैन’, स्थानीय बुढापाकाहरु बताउँछन् ।

गतलाङको महिमा जोगाउन अब स्थानीय सरकारले बाहेक अरुले बनाउन नसकिने जानकारहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया