सिन्धुपाल्चोक नागपुजे पहिरो अपडेट : ४ जनाको शव फेला, २६ जना बेपत्ता

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
सिन्धुपाल्चोक
तस्विर : बिकास लामा

लगातारको वर्षाले जिल्लाको बाह्रविसे नगरपालिका-७ घुम्थाङको नागपुजेमा गएराति खसेको पहिरोमा पुरिएका ४ जनाको शव फेला परेको छ । पहिरोमा २६ जना वेपत्ता रहेको छ ।

अहिलेसम्म ४ जना गम्भीर घाइतेलाई उद्धार गरेको बाह्रबिसे नगरपालिकाका नगरप्रमुख निमाफुञ्जो शेर्पाले जानकारी दिए । पहिरोले कम्तीमा ३० घर पुरिएको र उद्धारका लागि कुनै कसरत बाँकी नराख्ने नगरप्रमुख शेर्पाले बताए ।


बाह्रबिसे नगरपालिकाका उपप्रमुख शुसिला पाख्रिनका अनुसार माथि भीर भएकाले पहिरो गएको हुन सक्ने अनुमान गरिन् । उनले भनिन्, ‘सिन्धुपाल्चोकमा नसोचेकै स्थानमा पहिरो जाँदा अचम्मित परेको छ ।’

अहिले घटना स्थलमा सशस्त्रका उद्धार टोली र स्थानीयले उद्धार गरिरहेको इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए ।

थप यो पनि

सिन्धुपाल्चोक नागपुजे पहिरो : एक महिलाको शव फेला

तपाईको प्रतिक्रिया

Google Ads

पत्रपत्रिका