घुम्थाङमा पहिरो : पाँचको शव निकालियो, ३१ बेवत्ता

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
सिन्धुपाल्चोक

बाह्रबिसे–७ घुम्थाङमा पहिरा जाँदा पुरिएका पाँच जनाको शव भेटिएको छ । नागपुजेकी ७० वर्षीया भक्तिमाया श्रेष्ठ र विक गाउँका २४ वर्षीया जुनुमाया विक र ४० वर्षीय सर्किनी प्रधानको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । दुई जनाको सनाखत हुन बाँकी छ ।

पहिरामा पुरिएर ३१ जना बेपत्ता भएका छन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित स्थानीय युवाहरु उद्धार कार्यमा खटिएका छन् । पहिरामा परी घाइते भएका तीन जनालाई प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा ल्याइएको छ ।

सभामुख सापकोटा पहिरोस्थलमा

सभामुख अग्निप्रसाद सापकोटा घुम्थाङको पहिरो अवलोकन गर्न घटनास्थल पुगेको छ । उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार स्थलमार्ग हुँदै सभामुख सापकोटा घुम्थाङ पुगेको हो । उनीसँगै नेकपा केन्द्रीय सदस्य माधवप्रसाद सापकोटालगायत नेताहरु पनि घटनास्थल पुगेको छ ।


थप यो पनि

सिन्धुपाल्चोक नागपुजे पहिरो अपडेट : ४ जनाको शव फेला, २६ जना बेपत्ता

सिन्धुपाल्चोक नागपुजे पहिरो : एक महिलाको शव फेला

तपाईको प्रतिक्रिया

पत्रपत्रिका