लिदीका पहिरो पीडितलाई एनआरएनएद्वारा आर्थिक सहयोग

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
सिन्धुपाल्चोक

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए एनसिसी) नेदरल्यान्डसले जुगल गाउँपालिका–२ स्थित लिदीका पहिरा पीडितलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । एनसिसी नेदरल्यान्डसले सङ्कलन गरी पठाएको रु दुई लाख १८ हजार ५२६ पहिरो पीडितको अस्थायी बस्ती बासखर्क पुगेर सङ्घका आइसिसी उपाध्यक्ष सोनाम लामाले हस्तान्तरण गरे ।

उनले आइतबार वडाध्यक्ष प्रताप लामालाई सहयोग चेक हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा एनआरएनएका तर्फबाट बहराइनका पूर्वअध्यक्ष तथा एनआरएनए लाप्राक प्रोजेक्टका सहसंयोजक श्याम तामाङ पनि सहभागी थियो ।

सो अवसरमा उपाध्यक्ष लामाले एनआरएनएले यो रकम पहिरा पीडितहरुको जीविकोपार्जनमा खर्च गरियोस् भन्ने उद्देश्यले सहयोग हस्तान्तरण गरिएको बताउ। सङ्घले यसअघि पनि यही ठाउँमा आएर पाँच लाख सहयोग गरेको जनाउँदै उहाँले सो सहयोग तत्काल वितरण गरी पीडितहरुको आवश्यकताअनुसार खर्च गर्न पनि आग्रह गरे ।
वडाध्यक्ष लामाले नेदरल्यान्डसबाट सहयोग रकम सङ्कलन गरी पठाउनुहुने सबैमा धन्यवाद ज्ञापन गर्दै उपलब्ध रकम पीडितहरुको आवश्यकताअनुसार खर्च गरिने जानकारी दिए ।

जुगलमा गत साउन ३० गते गएको पहिरोमा ३९ जना बेपत्ता भएकामा अहिलेसम्म ३७ जनाको शव फेला परेको छ भने दुईजना अझै बेपत्ता छन् । सीता सापकोटाको पहलमा एनआरएनए एनसिसी नेदरल्यान्डसबाट सङ्कलित रकम लिदी पठाइएको हो ।
त्यस्तै एनआरएनएए नेदरल्यान्डसका अध्यक्ष श्रीराम कँडेलले लिदी पहिरो पीडितसँगै नेपालको बाढीपहिराका कारण अत्यधिक प्रभावित क्षेत्र अछाम र म्याग्दीमा पनि दुई र दुई लाख राहत सहयोग पठाइसकेको जानकारी दिए ।


 

तपाईको प्रतिक्रिया