भारतका गृह मन्त्री शाह अस्पताल भर्ना

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
0 Shares
नयाँ दिल्ली

भारतका संघीय गृह मन्त्री अमित शाह नयाँ दिल्लीस्थित एम्स अस्पतालमा अस्पताल भर्ना भएको छ । पूर्ण स्वास्थ्य परीक्षणका लागि उनीलाई अस्पताल भर्ना गरिएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।

उहाँलाई गत अगस्टको २ तारिखमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको थियो । त्यसपछि कोरोना नेगेटिभ देखिएपछि उनीलाई अगस्ट १४ मा डिस्चार्ज गरिएको थियो । त्यसपछि लगातार उच्च स्वास्थ्य निगरानीमा रहनु भएका शाह त्यतिबेलाको सङ्क्रमणको अन्तिम परीक्षणका लागि अहिले फेरी अस्पताल भर्ना भएको हो ।

संसदको नयाँ अधिवेशन शुरु हुनु अगाडि उनको पूर्ण स्वास्थ्य परीक्षण गर्न लागिएको भारतीय अधिकारीहरूले बताएका छन् ।

‘गृह मन्त्री शाहलाई यसअघि गत अगस्त ३० मा अस्पतालबाट उनको निवासमा पठाइएको थियो, अहिले फेरी उहाँलाई भर्ना गरिएको छ,’ अस्पतालद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया