कोरियामा दोस्रो पटक बुद्धको मुर्ति प्रतिस्थापन गरिने

दक्षिण कोरिया

दक्षिण कोरियामा दोस्रो पटक गौतम बुद्धको प्रतिमा (मुर्ति) स्थापना गर्ने भएको छ । ५ फिट अग्लो लिटल बुद्धको मुर्ति कोरियाको योङ्गीन सहरको धार्मिक पर्यटकीय स्थल वाउ जङ्सा गुम्बा परिसरमा स्थापना गर्ने भएको हो ।

सन् २०१८ मा यसै स्थानमा नेपाल सम्पर्क समिति दक्षिण कोरिया र अन्य संघसंस्था तथा आम नेपालीहरुको सहयोगमा ८ फिट अग्लो मुर्ति स्थापना गरेको थियो । यो पटक भने कोरियन धर्मावालम्बीहरुकै सहयोगमा प्रतिस्थापना गर्ने भएको छ । कोभिड–१९ को महामारीको असरलाई मध्यनजर गर्दै समिति सहभागीतामा अक्टोबर ४ गते आइतबार दिउँसो अनवारण गर्ने समय तालिका रहेको जनाकारी दिए ।

प्रतिस्थापन कार्यक्रममा नेपाली दूतवास सउलका कार्यवाहक राजदुत रामसिं थापाको प्रमुख अतिथिमा उद्घाटन गर्ने भएको छ । नेपाली मुर्ति कला मन परेर र बुद्ध नेपालमा जन्मेकाले नेपालबाट नै लिटल बुद्धको मुर्ति ल्याएर स्थापना गर्ने लागेको कोरियन बौद्ध धर्मावालम्बीहरु बताउछन् ।

वाउ जङ्सा गुम्बाले कार्यक्रममा नेपाली लामा गुरुहरु, संघसंस्थाका प्रतिनिधि र इच्छुक महानुभावहरुलाई सिमित रुपमा उपस्थितिको लागि अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया