देशद्रोहीको अभियोगमा गायक ग्याल्जी दोर्जे जेल चलान

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

नेपालको झन्डा जलाएको अभियोगमा पक्राउ परेका गायक ग्याल्जी दोर्जे तामाङलाई पूर्पक्षका लागि कारागार चलान गरेको छ । अन्य कलाकारहरु भने धरौटीमा छुटेका छन् ।

धरौटीमा रिहा हुनेहरूमा रोजितकुमार तितुङ, लावाङ तामाङ, चलाकमान तामाङ, हुत्तबहादुर तामाङ रहेका छन् । यस्तै कमलकुमार लामा तामाङ, गायक तथा मोडल किशोर, संजितकुमार घिसिङ र गायिका अरुणा थामी छुटेका छन् । उनीहरु प्रतिव्यक्ति १५ हजार धरौटीमा छुटेका हुन् ।

तपाईको प्रतिक्रिया