साउदीमा कम्युनिष्ट नेताद्वयको स्मृति दिवस

क्षेत्रीय कमिटी गठन

सैलुङअनलाइन संवाददाता
0 Shares
साउदी, रियाद

साउदीमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४१ औं तथा नर बहादुर कर्माचार्यको ६ औं स्मृति मनाएको छ । नेपाली प्रवासी एकता मञ्च साउदीले २६ जुलाई शुक्रबार रियाद एक्जिट ८ मा स्मृति दिवस मनाएको हो ।

कार्यक्रममा प्रमुख अतिथि मञ्चका संयोजक शिवराज जैसीले स्मृति दिवसमा मन्तव्य राख्ने क्रममा कम्युनिष्ट आन्दोलन यो स्थितिसम्म आइपुग्न उहाँहरुको महान त्याग र तपस्या रहेको बताए । उनले थपे- अहिलेको नेतृत्वहरुमा श्रेष्ठ र कर्माचार्यमा जस्तो त्याग नभएको विलासी जीवन यापनमा लिप्त छन् । देशमा कम्युनिष्ट सरकारले गरेर देखाउने दिन आएकाले विलासी त्यागेर देशलाई समाजवाद तर्फ उन्मुख पार्नुस जैसीले भने,।

मञ्चका सचिव राजु खनाल, केन्द्रीय सदस्यहरू कमल शाही(निर्मल), अचुत बोगटी, पूर्व सल्लाहकार बिमल गौतम लगायतले मन्तव्य राखेका थिए । त्यसैगरी मञ्चका सदस्य आकाश क्षेत्रीले स्वागत मन्तव्य राखेका थिए ।

स्मृति दिवसमा संस्थापक नेताद्वय स्व: पुष्पलाल श्रेष्ठ तथा नर बहादुर कर्माचार्यसँगै अन्य शहीदहरुको फोटोमा माल्यार्पर्ण गरी स्मृति दिवन मनाएका थिए ।

मञ्चकी महिला संयोजक अम्बिका सापकोटा (अधिकारी) सभापतिरहेकी कार्यक्रम मञ्चका क्षेत्रीय सचिव बिल्टु मुखिया सञ्चालन गरेका थिए ।

रियाद क्षेत्रीय कमिटी गठन

मञ्चका रियाद क्षेत्रीय भेलाले गंगा बहादुर गोदारको संयोजकमा  प्रमुख सल्लाहकार रुपेश वाईबा र सल्लाहकार कृष्ण बहादुर बुढाथोकिरहेने गरी कमिटी गठन गरेको छ । क्षेत्रीय सचिवमा बिल्टु मुखिया र आर्थिक संयोजक (कोषाध्यक्ष) विष्णु चापागाईंलाई चयन गरेको छ ।

त्यसैगरी सदस्यहरू क्रमशः धन बहादुर बिक, जनक बस्नेत, सूर्य राई, जनक चौधरी, खुम बहादुर पुन मगर, ऋषिधन बिक ढुण्डिराम भुसाल, शिवलाल पण्डित, बिरेन्द्र महतो, सर्वेन्द्र यादव, हेमलाल गौतम रहने छ ।

तपाईको प्रतिक्रिया