सडक दुर्घटनामा एक हात गुमाएका विकलाई ४ लाख ४८ हजार सहयोग

0 Shares
उदयपुर

सडक दुर्घटनामा एक गुमाएका उदयपुर, चौदण्डीगढी नगरपालिका-४ वायुङ राई (भित्तेटोल) टोल निवासी डाकमान विकले आर्थिक सहयोग प्राप्त गरेको छ ।

डाकमान बचाउ अभियान अन्तर्गत देश तथा बिदेशबाट संकलन गरेका ४ लाख ४८ हजार २ सय १४ रुपैयाँ बिरामी तथा उनका परिवारलाई शनिबार एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको हो । डाकमान बचाउ अभियानका संयोजक सन्तोष राईले संकलित रुपैयाँ हस्तान्तरण गरेको थियो ।

अभियानका लागि कोरिया, मकाउ, युके, हङ्कङ, मलेसिया, साउदी अरेबिया, कतार, दुबई, बहराइन, कुवेत लगायत स्वदेशबाट कुल ४ लाख ४८ हजार २ सय १४ रुपैयाँ संकलन गर्न सफल भएको अभियानका संयोजक राईले बताए ।

आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा चौनपा-४का जनप्रतिनिधि डम्बर पुलामी प्रमुख रहेको थियो ।टोलविकास संस्थाका अध्यक्ष अनुराग राईको सभापतित्व सम्पन्न कार्यक्रम राजु राईले संचालन गरेको थियो ।

पाँच वर्षअघि रोजगारीको सिलसिलामा भारत गएका बिकको सडक दुर्घटना हुदा रेलले किचेर एउटा हात गुमाउनुका साथै अन्य चोटपटकका कारण हाल पूर्ण अपाँग बनेको छ । निकै लामो उपचारपश्चात् हाल सामान्य हिड्न सक्ने भए पनि उनको बोली आउन सकेको छैन भने सास लिनलाई घाँटीमा प्वाल पारी पाइप राखिएको छ । घाँटीमा राखिएको पाइप आफै पटकपटक बन्द हुने गर्दा समस्या आउने बिरामी बिक बताउँछन् ।

सडक दुर्घटनामा परेका विकको हालसम्म ऋण तथा अन्य सहयोग मार्फत उपचारमा २२ लाखभन्दा धेरै खर्च भैसकेको उनका बुबा धनबहादुर किकले जानकारी दिए । बिरामीका बुबा भन्छन् ‘ यति धेरै खर्छ गरेर पनि छोराको स्वास्थ्यमा पूर्ण सुधार नभएको देख्दा दुख लाग्छ ।’

हाल उनको एउटा हात छैन नै, प्वाल पारेर पाइप राखिएको घाँटी कहिले ठिकहोला भन्ने परिवारमा ठुलो चिन्ता छ । दैनिक ज्यालादारी गरेर बिहान बेलुकी छाक जोहो गर्ने विक परिवारमा परेको यो बज्रपात अत्यन्तै पीडादायिरहेको राजु राई बताउँछन् । राईका अनुसार विक परिवारको पीडामा मल्हम लाउन डाकमान बिक बचाउ अभियान सन्तोष राईले सामाजिक संजालबाट शुरु गरेका हुन् ।

तपाईको प्रतिक्रिया