साउदीमा एक हजारभन्दा धेरै संक्रमित निको, ६ सय कोरोना थपियो

कोरोना कुल निको हुनेको संख्या तीन लाख पच्चीस हजार नाघ्यो

नवराज तामाङ
नवराज तामाङ संवाददाता
साउदी अरेबिया

साउदी अरेबियामा कोरोना भाइरस कोभिड-१९ नयाँ संक्रमित घट्नेक्रम जारी रहेको छ । कुनै बेला झन्डै ५५ सयको हाराहारीमा दैनिक नयाँ संक्रमित थपिएको साउदीमा पछिल्लो दिन भने ६, ७ सयको हाराहारीमा थपिरहेका छन् ।

यसै क्रममा आइतबार यहाँ ६०१ जना कोरोना भाइरस संक्रमित थपिएको प्रवक्ता डा.मोहम्मद अल अब्दुलीले दैनिक पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार हालसम्म साउदी अरेबियामा कुल संक्रमित तीन लाख २५ हजार ६५१ जना पुगेका छन् । ‘ संक्रमितमध्ये १८ हजार ५१३ जना बिरामी यहाँका विभिन्न अस्पतालहरु उपचाररत रहेको प्रवक्ता डा.अब्दुललीको भनाइ छ । उनका अनुसार १ हजार ३२६ जना बिरामीहरु गम्भीर अवस्थामा उपचार लिइरहेका छन् ।

त्यसैगरी साउदीमा कोरोना भाइरसको उपचार गरिरहेका १ हजार ३४ जना बिरामी उपचारपछि आइतबार घर फर्किएको प्रवक्ता डा.अब्दुलीले पत्रकार सम्मेलनमा बताए । उनका अनुसार अहिलेसम्म साउदीमा कुल तीन लाख २ हजार ८७० जना कोरोना भाइरस संक्रमित उपचारपछि निको भैसकेका छन् ।

साउदीमा आइतबारको अपडेट अनुसार कोरोना भाइरस नयाँ संक्रमितभन्दा उपचारपछि निको हुने ४३३ जना बढी रहेको पत्रकार सम्मेलनमा प्रवक्ता डा.अब्दुललीले जानकारी दिए ।


साउदीमा पछिल्लो दिन कोरोना भाइरसबाट मृत्यु हुनेको संख्यामा पनि कमि आउन थालेका छन् । यसअघि दैनिक कोरोनाबाट ३५ देखि ४० जनासम्मको हाराहारीमा मृत्यु हुँदै आएको थियो, भने हाल २५ देखि ३० जनासम्मको दैनिक मृत्यु हुने गरेको छ । यसै क्रममा आइतबार यहाँ कोरोनाको उपचार गरिरहेका २४ जनाले ज्यान गुमाएको प्रवक्ता डा.अब्दुलीले बताए । उनका अनुसार अहिलेसम्म यहाँ कोरोना भाइरसबाट कुल ४ हजार २६८ जनाले ज्यान गुमाई सकेका छन् ।

यहाँ कोरोनाको संकेत देखिएमा स्वास्थ मन्त्रालयको टोल फ्री नम्बर ९३७ मा फोन गर्नसक्ने प्रवक्ता डा. अब्दुलालीले बताए । ‘ We are all responsible ’ भन्ने नारालाई आत्मसात गरी कोभीड-१९ रोकथामका लागि सरकारले गरेका प्रयासलाई सबैले सहयोग गर्न प्रवक्ता डा.अब्दुलालीले आग्रह गरे ।

साउदी अरेबियामा ५ हजार ५ सय महिलासहित झन्डै तीन लाख १५ हजारको हाराहारीमा नेपालीहरु कार्यरत रहेको नेपाली दूतावासको अनुमान छ । दूतावासका अनुसार दैनिक कोरोना संक्रमित निको र नयाँ थप्ने हुँदा नेपालीहरु यतिनै संख्यामा कोरोना भाइरस पोजिटिभ भएको भन्न नसक्ने अवस्था छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच दर्जन नजिक रहेको दूतावासले जनाए ।

 

तपाईको प्रतिक्रिया

Google Ads

पत्रपत्रिका