एनएमबि बैंकको दुई योजना अन्तर्गत १० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको म्युचुअल फण्ड अन्तर्गत संचालित ‘एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड–१’ र ‘एनएमबी हाईब्रीड फण्ड एल–१’ को मुनाफाबाट इकाई धनीहरुलाई १० प्रतिशतमाथि लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी कार्तिक ३ गतेदेखि लागु हुने बताए । ७५ करोड रहेको ‘एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड–१’ ५ वर्षे योजना हो । त्यसैगरी ‘एनएमबी हाईब्रीड फण्ड एल–१’ ले आर्थिक वर्ष २०७५÷०७६ को नाफाबाट १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेका अनुसार आर्थिक वर्ष २०७५÷०७६ को मुनाफाबाट ‘एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड–१’ का ईकाई धनीहरुलाई १५ प्रतिशत र ‘एनएमबी हाईब्रीड फण्ड एल–१’ का ईकाई धनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरिएको हो ।
एनएमबि क्यापिटलले प्रवद्र्धन गरेको सात बर्षे दुई सामूहिक योजनाको पूँजीको १ अर्ब रहेको छ ।