साउदीबाट नेपाल एयरलाइन्सले थप चार उडान गर्ने(सूचीसहित)

उडानको टिकट आजै सकिने

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
रियाद, साउदी

साउदी अरेबियाका लागि नेपाल एयरलाइन्सले थप चार चार्टरउडान गर्ने भएको छ । उडान थपिएको नेपाली दूतावासले सोमबार सूचना जारी गरेर जानकारी दिएको हो ।

दूतावासका अनुसार थप गरिएको चार्टरउडान साउदीको राजधानी रियादबाट काठमाडौंका लागी हुन् । चार्टरउडान सेप्टेम्बर १७, १९, २३ र २७ तारीखमा हुने भएको दूतावासले बताए ।

सेप्टेम्बर २३ र २७ मा हुने चार्टरउडानका लागि पिसिआर गर्नुपर्ने दूतावासले जनाइएको छ । पिसिआर कम्पनी वा ठूलो समुहमा नेपाल फर्कने यात्रुहरूका लागि छुट्याइएको दूतावासको सूचनामा उल्लेख छ ।

यसअघि एयरलाइन्सले रियादबाट ५ चार्टरउडान भर्ने भएको थियो । तीमध्ये सेप्टेम्बर ८ तारीखमा एक उडान गरिसकेको प्रतिनिधि सुरेशराज त्रिपाठीले बताए । उनका अनुसार यसअघिका उडानहरुमध्ये सेप्टेम्बर १८, २०, २४ र २८ तारीख गरि ४ उडान हुन् बाँकी छन् । नेपाल एयरलाइन्सले रियादबाट कुल ८ उडान भर्ने भएको छ । दूतावासले सूचना निकालेको केहि घन्टापछिनै नेपाल एयरलाइन्सको टिकट पाइने रियादको बथास्थित ट्राभल्समा भिड बढेको प्रतिनिधि त्रिपाठीले जानकारी दिए ।


‘ राजदूतावासले चारवटा उडान थप्ने सूचना निकाले लगत्तै टिकटका लागि लाइन बस्नेहरूको भिड बढेको छ,’ प्रतिनिधि त्रिपाठीले भने,’ चारवटा उडानमध्ये दुई उडानको टिकट आजै सकिन्छ, भोलिबाट पुनः ट्राभल्स बन्द गर्नुपर्ने अवस्था छ ।’ उनका अनुसार बाँकी दुईवटा उडान भने दूतावासले कम्पनी र ठूलो समूहका लागि छुट्याएका छन् । उक्त उडानबाट यात्रा गर्न पिसिआर अनिवार्य गरेको प्रतिनिधि त्रिपाठी बताउँछन् ।

सेप्टेम्बर ६ तारिखमा झन्डै १२ सय जनाभन्दा धेरै नेपालीले रियास्थित समासको कम्पनीको मुख्यालयमा प्रदर्शन गरेको थियो । प्रदर्शनमा दूतावास र नेपाल सरकारविरुद्ध नाराबाजी गरेको थियो ।

प्रदर्शनमा उत्रिएका नेपालीहरुका अनुसार सेप्टेम्बर ८ तारीखको चार्टरउडानमा कम्पनीले दूतावाससँग सहकार्य गरेर नेपाल पठाउने तयारी गरेको थियो । कम्पनीले सेप्टेम्बर ६ तारीखमा सूचना जारी गरेर नेपाल पठाउन दूतावासले सहयोग नगरेकाले उक्त मितिमा पठाउन नसक्ने जनाइएको थियो ।

तपाईको प्रतिक्रिया