साउदीमा आंशिक अन्तर्राष्ट्रिय उडान सुचारु हुने, तीन लाखभन्दा धेरै कोरोना निको

सोमबार एक हजारभन्दा धेरै कोरोना मुक्त

नवराज तामाङ
नवराज तामाङ संवाददाता
साउदी अरेबिया

साउदी अरेबियामा कोरोना भाइरस कोभिड-१९ नयाँ संक्रमित ६०७ जना थपिएको छ । उक्त संख्या सोमबार कोरोना भाइरस थपिएको प्रवक्ता डा.मोहम्मद अल अब्दुलीले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रवक्ताका अनुसार अहिलेसम्म साउदी अरेबियामा कुल संक्रमित तीन लाख २५ हजार ६५१ जना पुगेका छन् । ‘ संक्रमितमध्ये १८ हजार २३ जना बिरामी यहाँका विभिन्न अस्पतालहरु उपचाररत रहेको प्रवक्ता डा.अब्दुललीको भनाइ छ । उनका अनुसार १ हजार २९३ जना बिरामीहरु गम्भीर अवस्थामा उपचार लिइरहेका छन् ।

त्यसैगरी साउदीमा कोरोना भाइरसको उपचार गरिरहेका १ हजार ६० जना बिरामी उपचारपछि सोमबार घर फर्किएको प्रवक्ता डा.अब्दुलीले पत्रकार सम्मेलनमा बताए । उनका अनुसार हालसम्म साउदीमा कुल तीन लाख ३ हजार ९३० जना कोरोना भाइरस संक्रमित उपचारपछि निको भैसकेका छन् ।

सोमबार यहाँ कोरोनाको उपचार गरिरहेका ३७ जनाले ज्यान गुमाएको प्रवक्ता डा.अब्दुलीले बताए । उनका अनुसार अहिलेसम्म यहाँ कोरोना भाइरसबाट कुल ४ हजार ३०५ जनाले ज्यान गुमाई सकेका छन् ।


यहाँ कोरोनाको संकेत देखिएमा स्वास्थ मन्त्रालयको टोल फ्री नम्बर ९३७ मा फोन गर्नसक्ने प्रवक्ता डा. अब्दुलालीले बताए । ‘ We are all responsible ’ भन्ने नारालाई आत्मसात गरी कोभीड-१९ रोकथामका लागि सरकारले गरेका प्रयासलाई सबैले सहयोग गर्न प्रवक्ता डा.अब्दुलालीले आग्रह गरे ।

साउदीमा आंशिक अन्तर्राष्ट्रिय उडान भोलिबाट सुुुचारु

साउदी अरेबियाले आंशिक रूपमा मंगलबारदेखि अन्तर्राष्ट्रिय उडान सुचारु हुने भएको छ । कोरोनाका कारण बन्द रहेको अन्तर्राष्ट्रिय उडान भोलिदेखि खुल्ने आन्तरिक मन्त्रालयले आइतबार निर्णय गरेको स्थानीय छापा पत्रीका ग्याजेटले छापेको छ ।

उक्त पत्रीका अनुसार साउदीले विशेष परिस्थितिमा सीमित संख्यामा मानिसहरूलाई यात्रा अनुमति दिइने भएको छ । साउदीका गृह मन्त्रालयले अन्तर्राष्ट्रिय उडान पुर्ण रूपमा सन् २०२१ जनवरीदेखि खुलाउने पत्रीकामा उल्लेख छ ।

पत्रीकामा मंगलबारबाट जिसिसी राष्ट्रका नागरिक, भिसा अबधि भएका प्रवासीहरू लगायतलाई सेप्टेम्बर १५ तारीखदेखि  साउदीमा प्रवेश गर्न पाउने छापेको छ । यहाँ प्रवेश गर्न ४८ घण्टा पहिलाको कोरोना भाइरस नेगेटिभ रिपोर्ट, कोरोना सम्बन्धी सावधानी अपनाउने प्रतिबद्धता पत्र पेस गर्नुपर्ने गृह मन्त्रालयले जनाएको छ ।

साउदी अरेबियाले गत मार्चमा १५ देखि अन्तर्राष्ट्रिय उडान स्थगित गरेको थियो । जसको कारण धेरै विदेशी कामदार तथा साउदीकै नागरिकहरु समेत विदेशमा अलपत्र परेका थिए । यसअघि साउदी अरेबियाका राष्ट्रिय ध्वजाबाहक विमानबाट युएई, कुबेत, ओमान, बहराईन, इजिप्ट, लेबनान, मोरक्को, ट्यूनीशिया, चीन, युके, इटली, जर्मनी, फ्रांस, अष्ट्रीया, टर्की, ग्रीस, बंगलादेश, फिलिपिन्स, मलेसिया, दक्षिण अफ्रिका, सूडान, इथियोपिया, केन्या, नाइजीरिया र इन्डोनेशियाका यात्रीहरुले यात्रा गर्न पाउने उल्लेख गरेको थियो ।

यात्रुहरूले सातदिने आइसुलेशन लगायत गरि सातवटा सर्त मान्नुपर्ने र अन्य जानकारीका लागि मोबाइल एपस Tatman r Tawakkalna डाउनलोड गरेर वा एयरलाइन्सको वेबसाईटमा बुज्न सकिने स्वास्थ्य मन्त्रालयले जारी निर्देशनमा लेखिएको थियो । यस निर्णय अन्तर्गत अन्तर्राष्ट्रिय उडानमा नेपाल नपरेपछि हजारौं घर बिदामा गएका नेपालीहरु अन्योलमा छन् ।

अन्तर्राष्ट्रिय आंशिक उडानबारे नेपाली दूतावासलाई कुनै जानकारी नभएको राजदूत महेन्द्रप्रसाद सिंह राजपुतले जानकारी दिए । उनले छुट्टी गएका नेपालीहरुलाई पुनः साउदी सरकारले ल्याउने वा अन्य व्यवस्था गर्ने त्यो बारे सम्बन्धित निकायसँग परामर्श लिने बताए । साउदी सरकारले भने नेपालीहरु फर्कन सक्ने वा नसक्ने खुलाएका छैन ।

तपाईको प्रतिक्रिया