साउदी मगर संघका संस्थापक कोषाध्यक्ष गर्बुजाको बिदाई

गर्बुजा झन्डै २६ वर्षपछि नेपाल फर्के

नवराज तामाङ
नवराज तामाङ संवाददाता
साउदी अरेबिया

नेपाल मगर संघ प्रवास शाखा साउदी अरबले संस्थापक कोषाध्यक्ष तथा प्रमुख सल्लाहकार खिम गर्बुजा मगरलाई बिदाई गरेको छ ।

मगर संघ साउदीले एक कार्यक्रमको आयोजना गरि संस्थापकमध्येका तत्काल कोषाध्यक्ष रहेको गर्बुजालाई बिदाई गरेको हो । गर्बुजा सोमबार रातीको दमाम-काठमाडौं हिमालय एयरलाइन्सको चार्टरउडानबाट नेपाल फर्किसकेका छन् ।

गर्बुजालाई यहाँ रहेका दिदिबहिनी समूह, किराँत राई यायोक्खा साउदी, जनमुक्ति पार्टीका प्रवास शाखा, एनआरटिएनसि लगायतले बिदाई कार्यक्रम आयोजना गरि बिदाई गरेको थियो । गर्बुजालाई उक्त संघसंस्थाहरुले यहाँ विभिन्न सामाजिक कार्यमा योगदान दिएका आधारमा सम्मान समेत गरेको थियो ।

सन् १९९४ मा साउदी अरेबियाका नेस्मा सिस्टर (NESMA SISTER)कम्पनी आएका गर्बुजा २६ वर्षपछि प्रवासको बसाइँलाई बिट मारेका हुन् । गर्बुजा जनमुक्ति पार्टीका प्रवास संगठनका बरिस्ठ सल्लाहकार हुन् , भने आदिवासी जनजाती महासंघका, एनआरटीएनसी लगायतमा संलग्न थियो ।


तपाईको प्रतिक्रिया